Subscribe Us

यि हुन सुन तस्कर खड्काका अर्बपति पार्टनर भुसाल, अन्तराष्ट्रिय सन्जाल ध्वस्त पार्दै प्रहरी

काठमाडौं। अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेका सुन तस्कर हरिशरण खड्का दुबईमा पक्राउ परेसँगै खड्काको नेटवर्कमाथि प्रहरीले छानविन प्रक्रिया अगाडि बढाउन लागेको छ। इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरिएका खड्कासहित दर्जनौ व्यक्तिहरु दुबईमा लुकेर बस्दै आएका छन् । नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनाल दुबईमा इन्टरपोलको महासभामा भाग लिन गएको बेला त्यहा लुकेर बसेका तस्करहरुलाई पक्राउ गरी नेपाल पठाउने बारेमा समेत छलफल भएपछि दुबई प्रहरीले लुकेर बसेका सुन तस्करहरुलाई पक्राउ गरी नेपाल पठाउने प्रक्रिया शुरु गरिएको  स्रोतले बतायो। 
गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका अनुसार उनी विगत पाँच वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका मुख्य लगानीकर्ता खड्का हुन भने दुबईमा गुप्तलाल भन्ने रोशन भुशाल खड्काका पार्टनर हुन। २०७३ साल पुस २१ गते नेपाल भित्रिँदै गरेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गर्दा भुशाल र खड्काको मुख्य संलग्नता खुलेको थियो। 
तर, सुन बरामद भएको भोलीपल्टै भुसाल दुबई गरेका थिए। त्यतिखेर सिआईबीको प्रमुख थिए हालका सांसद नवराज सिलवाल। सिआईबीले अनुसन्धानका क्रममा भुशालको अर्बौको सम्पत्ति फेला पारेको थियो। भुसाल १७  वर्ष अगाडिसम्म नेपालमा टेम्पो चालक थिए । उनै भुसालले २० करोडको हाराहारीमा सम्पत्ति जोडिसकेका थिए।  ।
 भुसालको काठमाडौंका ७ वटा बैंकमा खाता छन् । उनले एउटै बैंकमा २०१६ मा मात्रै १० करोड ५७ लाखसम्म जम्मा गरेको देखिएको थियो  । त्यसअघि २०१७ मा ७ करोड २६ लाख रुपैयाँ जम्मा गरेको पनि भेटिएको थियो। भुशालको काठमाडौंमा मात्रा सात वटा घरहरु रहेको पनि खुलेको छ।  
भुशालले दुबईमा गएपछि खड्कासँग मिलेर ९ वटा कम्पनीहरु सञ्चालन गरेको  प्रहरी स्रोत वताउँछ  । दुबईमा याक एण्ड यति ज्वेलर्स ट्रेडिङ, एस्टोरीया होटल र याक एण्ड यति नेप्लीज कुजिन रेष्टरेन्ट लगायत उनीहरुले व्यबसाय  सञ्चालन गरेका छन् । भुसालले २०१६ मा मेगा बैंकमा जम्मा गरेको पाँच करोड ५५ लाख रुपैंयाको स्रोत शंकास्पद रहेको रिपोर्ट सिआईबीले तयार पारेको थियो । तर,जब सिआईबीबाट नवराज सिलवाल हटे र प्रकाश अर्याल आईजीपी बनेर पुष्कर कार्कीलाई सिआईबीमा पठाइयो, त्यसपछि भुसालको भाग्य चम्कियो। 
इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका सुन तस्कर भुसाललाई पक्राउ नै नगरि उनी सेटिङ मिलाएर आफैं अदालतमा उपस्थित भए । सिआईबीले १७ करोड बढी रुपैयाँ बिगो दाबी गर्दै ३३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। भुसाल जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि फरार भए । केही समयपछि उनी आफैं अदालतमा उपस्थित भएका थिए। त्यसपछि भएको थुनछेक बहसमा जिल्ला अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। 
उच्च अदालत पाटनले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको छ र अहिले भुसालको मुद्दा सर्बोच्चमा बिचाराधिन छ। इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका मुख्य सुन तस्कर भुसाललाई पक्राउ नै नगरिकन अदालतमा उपस्थित गराएपछि  त्यतिखेर सिआईबी प्रमुख रहेका कार्की र आईजीपी रहेका अर्यालले ठुलो रकमको चलखेल गरेको आशंका गरिएको थियो। तर, अहिले भुशालका पार्टनर रहेका खड्का पक्राउ परेसंगै प्रहरीले उनीहरुको तस्करीको अन्तर्राष्ट्रिय सन्जाल तोड्न लागेको बुझिएको छ।

Post a Comment

0 Comments