Subscribe Us

सत्र किलो चरेससहित पक्राउ

मुसिकोट जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले १७ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँफीकोट गाउँपालिका८ का ४८ वर्षीय जयराम खत्री रहेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

खड्काका अनुसार बुधबार राति बाँफीकोट तल्लो बजारमा जाँचका क्रममा खत्री पक्राउ परेका हुन् । नदुवाबाट आउँदै गरेको भे ३ प २८८० नं.को मोटरसाइकलमा आएका उनलाई रोकी नियन्त्रण लिने क्रममा सेतोबोराभित्र लुकाएर राखिएको लागुऔषध चरेस फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि छ दिनको म्याद थप गरिएको बताइएको छ । 

Post a Comment

0 Comments