Subscribe Us

ससुरा हत्याको अभियोगमा बुहारी पक्राउ

ओखलढुङ्गा  ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने तारादेवी गुरूङ आफ्नै ससुरा हत्याको अभियोगमा पक्राउ परेकी छन् । उनले आफ्नै ससुरा रामकाजी गुरुङलाई फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

७० वर्षीय गुरूङलाई ३० वर्षीया बुहारी तारादेवीले अंशबण्डाको बिषयमा विवाद हुँदा फलामको ढुङग्रोले हानेर हत्या गरेको खबर प्राप्त भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments