Subscribe Us

सरकारले शिक्षा क्षेत्रमा राजनीति ग¥यो : काँग्रेस नेता धिताल


लमजुङ २४ माघ । नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले सरकारले शिक्षा क्षेत्रमा राजनीति गर्न खोजेको बताउनुभएको छ ।
विद्याज्योती माध्यामिक विद्यालय सुन्दरबजार लमजुङको बुधबार आयोजित हिरक जयन्तीको अवसरमा बोल्दै उहाँले सरकारले आस्थाको आधारमा शिक्षा क्षेत्रमा राजनीति गरेको बताउनुभएको हो ।
“काँग्रेसले लगानी गरेर स्थापना गरेका विद्यालयमा कम्युनिष्ट सरकारले दुःख दिने काम गरेको छ, यसतर्फ काँग्रेस बोल्नुपर्छ,”–उहाँले भन्नुभयो ।
नेता धितालले सरकार निर्मला पन्त हत्या प्रकरण, वाइडबडी खरिद प्रकरणमा मौन रहेको बताउनुभयो ।

Post a Comment

0 Comments