Subscribe Us

राजसंस्था सदनले हटाएको हो, सदनले नै ल्याउँछः पूर्वराजा


  • राजनीतिक संक्रमणका बेला उठिरहेका राजसंस्था समर्थकको आवाजलाई व्यवस्थाविरुद्ध प्रयोगको तयारी
  • भ्रष्टाचार र नातावादी दबाबमा अहिलेको सत्ताको असफलताको विकल्पमा आफूलाई उभ्याउने कसरत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको देशाटन, मुलुकमा भइरहेका राजनीतिक घटनाक्रमले व्यवस्था परिवर्तनका निम्ति ठूलो संकट आउन सक्ने आँकलन हुन थालेको छ । केही विश्लेषकहरूले त हालै मुलुकमा देखिन थालेका राजनीतिक र हिंसात्मक अभ्यासले पूर्वराजाको पुनर्जागरण हुनसक्ने ठोकुवा नै गरेका छन् ।

देशका विभिन्न भागको भ्रमण गरिरहेका पूर्वराजा शाह अहिले पूर्वी क्षेत्रको भ्रमणका क्रममा झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा औपचारिक र अनौपचारिक हिसाबले सक्रिय रहँदै आएका छन् । यो क्रममा केही सवारी साधन गोप्य रूपमा आफैं चलाएर राजसंस्थाका पक्षधर र समर्थक राजनीतिक व्यक्तिलाई उनले भेटीरहेको दाबी गरिएको छ ।

राजसंस्थाको वकालत गरिरहेको राप्रपाराप्रपा प्रजातान्त्रिकलगायतका अन्य शक्तिले भन्ने गरेको जनमत संग्रह पूर्वराजा आफैंले पनि स्वीकार नगर्ने स्पष्ट देखिन्छ । उनको देशाटनको अर्थजनमत संग्रह नभएर जनादेश हुने बताइएको छ । यसको अर्थराजसंस्था र हिन्दुत्वका लागि यहि समयमा आन्दोलनको आधीबेहरी आउनुपर्ने मान्यता उनले राखेका छन् । त्यहि विश्वासमा देश भ्रमणमा उनी निस्किएको बताइन्छ । जनमत संग्रह नमान्नुमा पूर्वराजाले निकटवर्तीसँग भन्ने गरेका छन्, ‘राजसंस्था सदनले हटाएको होसदनले ल्याउँछ । जनमत संग्रहले हुँदैन ।

पत्नी तथा पूर्वरानी कोमल शाहसँगै उनी आइतबारमात्र मोरङमा देखिएका थिए । तर यसको सुइँको कसैलाई पनि दिइएको थिएन । पूर्वी नेपालमा रहेका विभिन्न हिन्दु धार्मिक संगठन, जातिय संगठनका प्रमूख र राप्रपालगायतका दलका केही नेतासँग उनको भेट जारी रहेको स्रोतको दाबी छ । जिल्ला तहदेखि नै राजसंस्थाको आवाजलाई बुलन्द बनाउनुपर्ने प्रायोजित संगठनको खोजीमा पनि उनी सक्रिय रहेका छन् ।

गएको पुसमा गण्डकी प्रदेशको पोखरामा व्यापक लोकप्रियता कमाएको देखिएपछि पूर्वराजा हौसिएका छन् । ढिलोचाँडो जनमत आफ्ना पक्षमा हुनसक्ने आँकलन गरेका उनी यहि क्रममा भित्रि मधेसको भ्रमणमा निस्कन लागेका छन् । यहि साता उनी सिरहा, सप्तरी, धनुषा, पर्सालगायतका ठाउँमा हिन्दुत्व र राजसंस्थाका विषयमा कुराकानी गर्न सर्वसाधारणलाई भेट्ने कार्यक्रम बनाएर हिँडेका हुन् ।

माघको तेस्रो सातातिर बाराको सिमरामा उत्रिएका पूर्वराजा त्यहाँ एक महिना बसेका थिए । सोही समयमा पूर्वयुवराज तथा पुत्र छोराको आकस्मिक हृदयघात हुँदासम्म उनी फर्किएका थिएनन् ।
राजतन्त्र र हिन्दुत्वका लागि देशव्यापी संघर्ष गर्ने तयारी हामीले गरेका छौं । जुन हिसाबले धोका दिएर राजतन्त्रको अन्त्य गरियो, जनतामा पुगेर त्यहि विश्वासका आधारमा राजसंस्था र हिन्दुत्वको जीवन बचाउने प्रयत्न हामी गर्नेछौं’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने, ‘केहीले जनमत संग्रहमार्फत राजसंस्था र हिन्दु राज्यको कुरा पनि उठाइरहेका छन् । त्यो मान्य हुनेछैन ।

राजसंस्थाको वकालत गरिरहेको राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतका अन्य शक्तिले भन्ने गरेको जनमत संग्रह पूर्वराजा आफैंले पनि स्वीकार नगर्ने स्पष्ट देखिन्छ । उनको देशाटनको अर्थ, जनमत संग्रह नभएर जनादेश हुने बताइएको छ । यसको अर्थ, राजसंस्था र हिन्दुत्वका लागि यहि समयमा आन्दोलनको आधीबेहरी आउनुपर्ने मान्यता उनले राखेका छन् । त्यहि विश्वासमा देश भ्रमणमा उनी निस्किएको बताइन्छ । जनमत संग्रह नमान्नुमा पूर्वराजाले निकटवर्तीसँग भन्ने गरेका छन्, ‘राजसंस्था सदनले हटाएको हो, सदनले ल्याउँछ । जनमत संग्रहले हुँदैन ।

Post a Comment

0 Comments