Subscribe Us

गुण्डा नाइके गाेर्खाली पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले गुण्डा नाइके राजु गोर्खालीलाई पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर चोकबाट आइतबार दिउँसो पक्राउ परेका गोर्खालीले व्यापारीलाई धम्क्याएर जबर्जस्ती रकम असुली गरेको उजुरीमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
त्यस्तै गोर्खालीले काठमाडौं मलका व्यापारीसँग रकम असुलेको आरोप लागेको छ । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिँदै आइरहेको छ ।
उक्त मल गोर्खालीले कोषसँग सस्तोमा लिएर अन्य व्यापारीलाई भने महंगो भाडामा दिँदै आएका छन् । गुण्डागर्दी शैलीमा व्यापारीहरुसँग अवैध तरिकाले रकम असुलेर मलका व्यापारीलाई दुःख दिएको उजुरी परेपछि गोर्खालीलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments