Subscribe Us

बैठकमा बास्कोटाले गतिछाडा भनेपछि...


जसरी पनि निकिता पौडेललाई पदच्युत गर्ने तयारी, स्पष्टिकरणको चिठी पठाइयो
काठमाडौं । आइतबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतका सबै विभागको चौमासिक रिपोर्ट बुझाउनुपर्ने मन्त्रीसहितको बैठकमा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित थिइन् । त्यतिमात्र होइन, उनले चार महिनामा भएका प्रगति विवरण समेत पठाएकी थिइनन् । मन्त्रालयले उनलाई खबर गरेको थियो तर बेवास्ता गरिन् ।

भर्खरै सञ्चारकर्मी रवि लामिछानेसँग दोस्रो बिहे गरेकी पौडेल यतिबेला पतिसँगै व्यस्त भएको र बेवास्ता गरेको रिपोर्ट बैठकमा सुनाइयो । त्यसपछि कड्कीए मन्त्री बास्कोटा । पौडेललाई यसअघि बर्खास्त गरेका बास्कोटा यसै पनि रिसाएका थिए । अदालतमा पुगेर अन्तरिम आदेशसहित पदबहाली गरेकी पौडेलले विकास बोर्डका प्रगति विवरण तयार पारेकी छैनन् । उनी लामिछानेसँग कसैको बिहे पार्टी त कसैको ब्रतबन्धमा पुग्ने गरेको रिपोर्ट मन्त्रालयमा पुगिरहेको थियो । यसैकारण पनि मन्त्री बास्कोटा रुष्ट थिए ।

नेकपा निकट चलचित्रकर्मीले बारम्बार सरकार भएका बेला पनि आफ्नाले नियुक्ति पाउने अवसर नै नभेटेको गुनासो गरेपछि कुनै खास कारण खोजिरहेका बेला बास्कोटाका लागि यतिबेला पौडेल हटाउने सुनौलो मौका नै मिलेको थियो । त्यसकारण आक्रोशित मुद्रामा रहेका उनले कुरा गर्दागर्दै मुखबाट चिप्लाए,‘यस्ता गतिछाडालाई कारबाही गर्नुपर्छ । जहाँसुकै जाऊन् । अदालत गए पनि केही फरक पर्दैन ।

मन्त्रीले सहसचिव राधिका अर्याललाई सोधे, ‘खबर थिएन ? अर्यालले खबर गरेको सुनाइन् । उसोभए किन उहाँ आउनुभएन ? भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिन पर्छ । त्यो हैन भने स्पस्टिकरण सोधेर गोर्खापत्रमा जस्तै पदबाट हटाउन पर्छ ।

मन्त्रीसमेत आउने बैठकमा बोर्ड अध्यक्षले देखाएको हर्कतबाट उनी रुष्ट थिए । त्यसो त मन्त्रीसँग निरन्तर प्रगतिका विषयमा कुराकानी हुनुपर्ने भए पनि उद्धव पौडेलपुत्रीले खासै चासो देखाएकी थिइनन् । उनी कार्यालय जाने र तलबभत्ता बुझ्ने भन्दा खासै काम पनि गरेकी छैनन् । बक्स अफिसको काम भएको भनी हौवा पिटिए पनि मन्त्री त्यसमा खुसी छैनन् । उनले बैठकमै थपे, ‘अदालत गए जान्छन् तर सधैं यसरी मनपरि गर्न पाउन्नन् ! बरु ताला लागे लागोस् यस्ता गतिछाडालाई राखेर बिकास बोर्ड उभो लाग्दैन !

Post a Comment

0 Comments