Subscribe Us

डा. बेन्जुका भ्रष्टलिला

भैरहवा आँखा अस्पालमा कार्यरत डा. बेन्जु सुरुमा ४ लाख तलव खाने गरी भरतपुर अस्पतालमा आएका थिए । अहिले डा. बेन्जुले ६ लाख तलब कामै नगरी खाँदै आएका छन् /

काठमाडौं । नेपाल नेत्रज्योती संघद्वारा संचालित चितवनस्थित भरतपुर आँखा अस्पतालमा डा. रघुनन्दन बेन्जुलाई मनोमानी गरेको आरोप लागेको छ । 

डा. बेन्जुलाई अस्पतालमा कार्यरत त्यहाँ अन्य डाक्टर र कर्मचारीले यस्तो आरोप लगाएका हुन्् । बिगत ६ बर्षदेखि भरतपुर अस्पतालमा कार्यरत डा. बेन्जुको मनोमानीको सीमा नाघेपछि त्यहाँका कर्माचारी र डाक्टरले आवाज उठाउन थालेका हुन्् । 

डा. बेन्जु रेटिना स्पेललिस्टका साथै चिफ मिडिकल डाईरेक्टर पनि हुन् । डा. बेन्जु विदेशी तालिम र राम्रो भत्ता भएको शिविरमा आफै जाने, तर दुर्गम र कम भत्ता भएको क्षेत्रमा भने अन्य डाक्टरलाई पठाउँदै आएको त्याहाका एक पीडित डाक्टरले बताए । 

सुविधा कम भएको ठाँउ जस्तै थोरी, सिम्रौनगढ, माडीलगायतमा डाक्टर बेन्जुले अन्यलाई खटाउँदै आएका छन् । भैरहवा आँखा अस्पालमा कार्यरत डा. बेन्जु सुरुमा ४ लाख तलव खाने गरी भरतपुर अस्पतालमा आएका थिए । अहिले डा. बेन्जुले ६ लाख तलब कामै नगरी खाँदै आएका छन् । 

घर जान तथा व्यक्तिगत भ्रमणका खर्च र हवाई जहाज भाडा समेत डा. बेन्जुले अस्पतालबाट भराउँदै आएको स्रोतले बतायो । बिगत दुई बर्षदेखि डा. बेन्जुले अस्तालमा समय नदिई बाहिर बाहिर हिड्न तर कार्यालय आए पनि दुई बजेपछि झुल्कीने गर्दै हाजिरचाहिँ फुल टाईमको गर्ने गरेका छन् । 

आईपिबि भन्ने एक सस्थानले डा. बेन्जुलाई (आई हेल्थ हिरो) भनेर  सम्मान गरेपछि झन उनको भूईमा खुट्टै नभएको उनका अस्पतालका डाक्टर बताउँछन् । भैरहवा अस्पतालका कर्मचारीले भौतिक कारवाही गर्ने तयारी गरेपछि डा. बेन्जु एमालेका केही नेतालाई सेटिङ मिलाएर भरतपुर आउन सफल भएका थिए । 

Post a Comment

0 Comments