Subscribe Us

१८ करोड भ्रष्टाचार, साढे २ करोड धराैटी !



काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट छुटेका छन् । सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका खड्कालाइ विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले धरौटीमा रिहा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक खड्काविरुद्ध गत पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको थियो । 

अख्तियारको अनुसन्धानमा खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी गरिएको छ। खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको थियो । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भराउन पनि माग गरेको थियो। खड्का नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टीमा छुटेका हुन् ।

Post a Comment

0 Comments