Subscribe Us

३३ किलो सुनकाण्डमा सर्वाधिक खोजीका खड्का युएईबाट पक्राउ


काठमाडाैं । तस्करीको ३३ किलो सुन प्रकरणमा प्रहरीको सर्वाधिक खोजीमा रहेका काभ्रेका हरि खड्का युएईमा पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । १० वर्षयता युएई बस्दै आएका खड्कालाई हालै युएई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

उनलाई प्रहरी प्रधान कार्यालयबाट अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी गरिएको थियो। प्रवक्ता सुवेदीका अनुसार पक्राउ परेका खड्कालाई नेपाल ल्याउने तयारी भइरहेको छ । खड्काले केही वर्षयता चूडामणि उप्रेतीसँग मिलेर युएईबाट सुन तस्करीमा सहयोग गर्ने गरेको उच्चस्तरीय छानबिन समितिले जनाएको थियो ।

भरिया सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती गोरेजेलमा छन् । त्यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७३ सालमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनको नाम जोडिएको थियो।

Post a Comment

0 Comments