Subscribe Us

सरकारसँग सूचना हुँदाहुँदै किन छाडा छन् विप्लव ?

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग विप्लवदेखि उनका अनेक नेताका सूचना पर्याप्त हुँदा पनि सरकार किन मौन छ ?
विप्लव समूहले हिंसात्मक राजनीतिलाई बढावा दिँदै गर्दा सरकारले नियन्त्रणका उपायमा ध्यान नदिनूको गुह्य कारण के हुनसक्छ ?

काठमाडौं । हिंसात्मक राजनीतिक र विस्फोटमा उद्दत रहेको नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहलाई सरकारले छाडा छाडेका छ । सरकारका सबै सुरक्षा निकायसँग विप्लवलगायत उनका मुख्य नेतादेखि कार्यकर्तासम्मको सूचना पर्याप्त छ । 
केही साता अघि राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा मोवाइल सेवा प्रदायक कम्पनि एनसेलमा उक्त समूहले विस्फोट गराएको जिम्मा लिइसकेको छ । त्यतिमात्र होइन, नेपाली सेनासँग रहेका हतियार पनि आफूसँग रहेको भन्दै सैन्य दस्ता र अभ्यास जारी राखेको पनि बताइसकिएको छ । 

अझ, विप्लव माओवादीका कतिपय संगठन र प्रतिष्ठानले राजधानीलगायतका ठाउँमा सार्वजनिक रूपमा कार्यक्रम पनि गर्दै आएका छन् भने चन्दा आतंकलाई पनि तिव्र पारेकै छन् । तर सरकारले विभिन्न हिंसात्मक आन्दोलन गरिसकेकासमेतसँग वार्ता गर्ने प्रक्रिया भने रोकेको छैन । 

मानवीय क्षति हुनेगरी हिंसात्मक आन्दोलन चर्काउँदा विप्लव समूहलाई भने नियन्त्रणमा लिने सरकारले बताउँदै आएको छ । तर सबै सूचना र जानकारी हुँदासमेत किन पक्राउ गरिएन ? सरकारको नियतमाथि शंका गर्ने धेरै आधार छन् । सुरक्षा स्रोतमा विप्लव माओवादीका नेताका विषयमा विभिन्न विवरणहरू उपलव्ध नै छन् । स्रोतका अनुसार १० फागुनमा विप्लव, बनस्थली, प्रवक्ता प्रकाण्ड कपन, पदम राई काठमाडौं, उमा भुजेल रामेछाप, अनिल शर्मा काठमाडौंको आएको सूचना प्रहरीसँग थियो । तर, सो विषयमा गृह मन्त्रालयले कुनै एक्शन लिनका लागि निर्देशन दिएन ।  

त्यसपछिका दुई दिन ११ र १३ फागुनमा अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्दै विक विराटनगर, अध्यक्ष चिरञ्जिवि ढकाल मोरङ, प्रज्वल श्रेष्ठ, नवराज भट्टराई, पुष्प न्यौपानेलगायत मोरङमा नै थिए । यस्तै, दलित मुक्ति मोर्चा केन्द्रीय सचिब महावीरर सदा विराटनगरबाट पक्राउ परेका थिए । यस्तै, अखिल क्रान्तिकारी रोल्पाको रुन्टीगढी गाउँपालिका स्तरिय सम्मेलन रोल्पाको होलेरी बजारमा हुँदै गर्दा प्रहरीले हस्तक्षेप गरि कार्यक्रम केहिबेर स्थगित गराइएको थियो । सो क्रममा अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाही, प्रेम बुढा, सुशील परियार, सह–सचिवमा पूर्ण चलाउने, कोषाध्यक्षमा जितबहादुर रेउले सोही ठाउँमा थिए । गोपालमान योगी, तेजबहादुर बुढा, वसन्त कुमाल, भरत रोका, पूर्ण राना पनि सोही ठाउँमा थिए । 

त्यस्तै अछाममा युवा संगठन नेपाल अछामका जिल्ला सदस्य भीषण बिष्ट, अखिल क्रान्तिकारी जिल्ला सदस्य टंक परियार लगायत थिए । युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिपराज श्रीपाली (पाटन जंगली), महासचिव भैरब पुन (सागर),  नेकपा केन्द्रीय सदस्यद्वय चिरन पुन(मिलन), केन्द्रीय सदस्य श्यामबहादुर बोहरा (अटल) ५. नेकपा दैलेख जिल्ला इञ्चार्ज बिबेक बिक कुमाल, रुकुम पश्चिम् सेक्रेटरी चन्द्र बुढा, रुकुम पूर्व सेक्रेटरी नरेन्द्र बिक, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक योगी लगायतका नेताहरू सल्यानमा थिए । त्यस्तै विप्लव र प्रकाण्ड भने सो समयमा चिवतनमा रहेको जानकारी प्रहरीलाई थियो । १८ फागुनमा विप्लव, धमे्रन्द्र बास्तोला अर्घाखाँचीमा थिए भने प्रकाण्ड रुपन्देहीमा थिए ।

सुरक्षा स्रोतका अनुसार विप्लवबारेका प्रत्येक सूचना राज्यको मुख्य निकायमा पुराइएको छ । तर हिंसात्मक घटनाको सम्भावित परिणामका विषयमा जानकारी दिँदा पनि विप्लवविरुद्ध कुनै कारबाही भने राज्यका तर्फबाट भएन । राजधानी वरिपरि र विभिन्न जिल्लामा हुनसक्ने घटनाका विषयमा पनि सुरक्षा संयन्त्रका सूचनालाई काम लाग्नेगरी सरकारले त्यसविरुद्ध कारबाहीको आदेश नदिँदा घटनाले परिणाम पाइरहेको सुरक्षा स्रोतको दाबी छ । 

के विप्लव अर्धभुमिगत छन् ?
हतियार समेत रहेको दाबी गरि अर्धभुमिगत रहेको घोषणा गरेका विप्लवले विभिन्न समयमा स्थान परिवर्तन कायम राखेका छन् । उनी प्रायः पहाडी जिल्लामा व्यस्त हुने गरेका छन् । केही मिडियामा भने अब हिंसात्मक आन्दोलनको विकल्प नभएको भन्दै उनका अन्तरवार्ताहरू पनि आउन थालेका छन् । युद्धको परिणामअनुसारको व्यवस्था कायम नभएको भन्दै उनी विद्रोहको बाटोमा लागेका थिए । 

कसले चलाउँछ ? 
केही समयअघि नेकपामा तत्कालिन माओवादीको विलय भयो र माओवादी सक्कियो भनी नसोच्नका लागि अध्यक्ष मध्येका पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका थिए । 

अहिले भारतीय संस्थापन नजिक ठानिएका प्रचण्डको छत्रछायाँमा नै विप्लव माओवादी सक्रिय रहेको बताइन्छ । यसको संकेत विप्लवले प्रचण्डको विरोध नगर्नुले पनि पुष्टि हुनसक्छ । विप्लवलाई विध्वंसात्मक कामका लागि भारतीय विभिन्न एजेन्सीको सहयोग हुनसक्ने पनि अनुमान गरिएको छ । उनको यहि हिंसात्मक राजनीतिक अभ्यासका कारण नेपालमा व्यवस्थाविरुद्धका कतिपय अतिवादी पनि सक्रिय हुनसक्ने अनुमान गरिँदै आएको छ । 

Post a Comment

0 Comments