Subscribe Us

घैंटेका पार्टनर छुटाउन प्रहरीदेखि अदालतसम्म सेटिङ



क्लब डेजाभू काण्ड
  • मुद्दाका डिएसपी थापाको बालुवाटारको रेष्टुरेन्टमा मिटिङ
  • सरकारी वकिलबाट एकदिनमा अदालतमा मुद्दा दर्ताको सेटिङ


काठमाडौ । सञ्चारमाध्यमको तीब्र दबाबपछि पक्राउ परेका क्लव डेजाभूका सञ्चालकलाई उन्मुक्ति दिन सरकारी पक्ष मानिएका प्रहरी र सरकारी वकिल नै सक्रिय रहेको रहस्य खुलासा भएको छ । तीन करोड पचास लाख ठगी गरेको जाहेरीपश्चात् अनुसन्धानमा जुटेको प्रहरी र सरकारी वकिलले दुई साता अघि पक्राउ परेका अभियुक्तलाई २४ दिनसम्म हिरासतमा राख्न पाउने अधिकार भएपनि १२ दिन मै मुद्दा अदालतमा दर्ता गरेपछि पक्राउ परेका अभियुक्तलाई चाँडै उन्मुत्तिी दिन खोजिएको रहस्य खुलासा भएको हो । सार्वजनिक मुद्दाका अभियुक्तलाई २४ दिनसम्म हिरासतमा राख्ने काठमाडौं परिसरले ३ करोड ५० लाख ठगी गर्ने गिरोहलाई उनमुक्ति दिन १२ दिनमै मुद्दा अदालतमा पेश गरेपछि चासोको बिषय बन्न पुगेको छ । 

शेयर दिने भन्दै भक्तपूरका बिश्वराज श्रेष्ठलाई डेजाभूका सञ्चालक मानिएका समीप सिलाकार, प्रतिक हवल्दार भनिने प्रतिक श्रेष्ठ, प्रवेश श्रेष्ठ, मनोज श्रेष्ठ, अनान गुरुङ, खेमप्रसाद गैरे, मनिषराज भण्डारी, रमण शिलाकार, पवन मैजु र पृथु बास्कोटा समेतले तीन करोड ५० लाख ठगी गरेका थिए । यी मध्ये समीप, प्रतिक र प्रवेशलाई प्रहरीले पक्राउ अदालतमा बिहीबार उभ्याएकाे हो । यति ठूलो मुद्दामा प्रहरीले १२ दिन नबित्दै मुद्दाको अनुसन्धान सक्नु र सरकारी वकिलले प्रहरीले मुद्दा बुझाएकै दिन अभियोग पत्र तयार पारेर अदालतमा मुद्दा दर्ता गर्नुलाई पीडित पक्षले शंकाको दृष्टिकोणबाट हेरेको छ ।

सार्वजनिक मुद्दा दर्ता गर्नसमेत एक दिन लाग्ने भन्ने सरकारी वकिलले प्रहरीले अनुसन्धान गरेको मुद्दा राम्रोसँग नहेरिकन प्रहरीले मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएकै दिन अदालतमा दर्ता गरेपछि सरकारी वकिल पनि आर्थिक प्रभावमा परेको आशंका गरिएको छ ।

शेयर दिने भन्दै भक्तपूरका बिश्वराज श्रेष्ठलाई डेजाभूका सञ्चालक मानिएका समीप सिलाकार, प्रतिक हवल्दार भनिने प्रतिक श्रेष्ठ, प्रवेश श्रेष्ठ, मनोज श्रेष्ठ, अनान गुरुङ, खेमप्रसाद गैरे, मनिषराज भण्डारी, रमण शिलाकार, पवन मैजु र पृथु बास्कोटा समेतले तीन करोड ५० लाख ठगी गरेका थिए । यी मध्ये समीप, प्रतिक र प्रवेशलाई प्रहरीले पक्राउ अदालतमा बिहीबार उभ्याएकाे हो ।

उता प्रहरीले अनुसन्धानको क्रममा नाम थर वतन खुलेका व्यक्तिलाई समेत प्रतिबादी कायम नगरी पक्राउ परी आएको बखत पुनः अभियोगसहित बुझाउने भन्दै अड्काएपछि प्रहरीको अनुसन्धानमा समेत प्रश्नचिन्ह खडा भएको छ । काठमाडौं परिसरका मुद्दाका डिएसपी मोहन थापाले यस मुद्दामा राम्रै चलखेल गरेको पीडितको आरोप छ । मुद्दा अनुसन्धानको क्रममा यसै डेजाभू क्लवका एक सिल्पिङ पार्टनरको बालुवाटारस्थित टाईम्स रेष्टुरेन्टमा उनले पटकपटक ती व्यक्तिलाई भेटेका थिए । मुद्दा कमजोर बनाएर अदालतबाट धरौटी कम तोक्ने योजनाअनुसार थापाले ती व्यक्तिलाई भेटेको स्रोत बताउँछ ।

तीन करोड ठगी गर्ने गिरोहका नाईके प्रतिक हबल्दार भन्ने प्रतिक श्रेष्ठ प्रहरी ईन्काउन्टरमा मारिएका घैंटे उर्फ कुमार श्रेष्ठका पार्टनर हुन् । चाबहिल, सिफल, गौशाला क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका हबल्दार घैंटे ईन्काउन्टरपछि गुमनाम थिए । पछि एक ठेकेदारको निगाहामा क्लव डेजाभूका मालिक बन्न पुगेका हुन् । प्रहरीको निगरानीमा रहेका हबल्दारलाई प्रहरीकै केही घुस्याहा अधिकृतले भने संरक्षण दिँदै आएका छन् ।

नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनालले अपराध र अपराधीलाई निर्मुल पार्ने घोषणा गर्दै आएपनि केही घुस्याहा प्रहरी अधिकारी भने आर्थिक प्रभावमा परेर आपराधिक गिरोहलाई संरक्षण गर्दै आएका छन् । परिसरमा मुद्दा फाँटमा बसेर आर्थिक चलखेल गर्दै आएका डिएसपी मोहन थापाले फरार भनि उल्लेख गरिएका उल्लेखित नाम १८ पुष २०७४ मा ठगी मुद्दामा मुद्दा चलाएका क्लव डेजाभुका सञ्चालक हुन् । मार्शमेलो ल्याउने नाममा यो समुहले त्यसबेला पनि करोडौं रुपैंया ठगी गरेको थियो ।

सोही बेलामा पक्राउ गरी मुद्दा चलाएका व्यक्तिको नाम थर नखुलेको भन्दै डीएसपी थापाले उनीहरुलाई प्रतिबादी कायम नगरेपछि  ठूलो आर्थिक चलखेल भएको पुष्टि हुन्छ । उता, जिल्ला सरकारी वकिल कार्यालयले समेत यस्ता कुरामा ध्यान नदिएपछि यो समुहले प्रहरी प्रशासनदेखि सरकारी वकिल कार्यालय समेतलाई ठूलो आर्थिक प्रभावमा पारेको पुष्टि हुन्छ । यो मुद्दा जिल्ला न्यायाधिवक्ता माधवप्रसाद घिमिरेले अदालतमा दर्ता गराएका हुन् ।

Post a Comment

0 Comments