Subscribe Us

पोखराका गुन्डासँग एसपी रानाको उठबस, बैदाम चौकीलाई उठाैतीको नेतृत्व गर्न निर्देशन

काठमाडौं । गण्डकी प्रदेश राजधानी पोखरा व्यापारीक केन्द्रको महत्वपूर्ण थलो हो ।
त्यहाँका शान्ति सुरक्षा र त्यहाँ व्यवशाय गर्ने व्यवशायीहरूको भरोसाको केन्द्र नेपाल प्रहरी माथि छ । तर प्रहरीकै नेतृत्व भने दिनभर गुण्डाहरूसँग बैठक गरेर बसिरहेको पोखराबासीले बताउन थालेका छन् । उद्योग वाणिज्य संघको कार्यालय नजिकै रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख यतिबेला ओमबहादुर रानाले सम्हालेका छन् । शुरुमा पोखरामा रात्रिकालिन चेकिङका लागि कास्की प्रहरी प्रमुख एसपी राना आफै फिल्डमा खटिएका थिए ।

प्रहरी चेकिङलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिम्दै एसपी  राना राती आँफै फिल्डमा खटिएपछि त्यहाँका जनताले रानालाई राम्रै अफिसर ठानेका थिए तर आजभोली उनका हर्कतले पोखराबासी आजित बनेका छन् । उनी चेकिङका नाममा दुःखमात्र दिदैनन् प्रहरीलाई उठाएर ल्याउन निर्देशन समेत दिने गरेको स्रोतको दावी छ । खासगरी उनले बैदाम प्रहरी चौकीलाई यसको नेतृत्व गर्न निर्देशन दिएको स्रोतको दाबी छ । बैदाम प्रहरी चौकी पोखराको आकर्षक केन्द्र हो ।

शुरुमा एसपी रानाले प्रहरी जवानसँगै स्वयं आफैं सवारी चेकजाँचमा सहभागी हुदै सवारी चालकहरूसँग प्रहरीले दुख दिए÷नदिएको तथा प्रहरीको क्रियाकलापको बारेमा सोध्थे । लेकसाइडका होटल व्यवसायी र रेष्टुरेण्ट व्यवशायीले रानाका गतिविधिले पोखरामा सुधार हुने अपेक्षा गरेका थिए । तर अहिले त्यसको ठिक विपरित भएको छ ।

बुटवल, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा गृहमन्त्रीसहित क्षेत्रीय सुरक्षा गोष्ठी चलिरहेको छ । यस्तै सुरक्षा गोष्ठी पोखरामा पनि भएको थियो । सुरक्षा गोष्ठीकै आसपासमा पोखराका कमाण्ड सम्हाल्न पुगेका रानालाई प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले गुण्डासँग प्रहरीको साँठगाँठ भए त्यस्तालाई कडा कारवाही गरिने चेतावनी दिएका थिए ।


एसपी रानाले बैदाम प्रहरी चौकीलाई चेकिङका नाममा 'उठाउन'का लागि नेतृत्व गर्न निर्देशन दिएको स्रोतको दाबी छ । बैदाम प्रहरी चौकी पोखराको आकर्षक केन्द्र मानिन्छ
त्यो चेतावनीलाई एसपी रानाले ६ महिनामै बिर्सिए । हाल उनी ललित गुरुङको टोली चुल्ठे भनिने भीम मनाङ्गेसँग उठबसमा छन् । लेकसाइडबाट उत्पादन हुने खाली सिसीहरूको ठेक्का उनैले लिएका छन् । उनको असली नाम भने भीम मनाङ्गे हो उनी ललित गुरुङकै चेला हुन् ।  विमानस्थल पुगेका एसपी रानालाई पोखराको कुख्यात गुण्डा नाईकेको समूह नै स्वागत गर्न पुगेका थिए । विमानस्थलमा एसपी रानालाई गुण्डाको समूहले खादा लगाएर स्वागत गरेको थियो ।  पोखरामा रहेका हाउजिङ कम्पनीहरूसँग करोडौ रुपैंया माग गर्ने गुण्डा धनबहादुर छन्त्याल पनि उनका प्रमुख सल्लहाकार रहेका छन् । उनी लागुऔषधका समेत कारोबारी हुन् । अहिले दिनभर उनीहरू दुइजनाकै सेटिङमा राना चल्ने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार छन्त्याल र मनाङेगै सेटिङमा लेकसाइडको रहेका अन्य कवाडी सामानहरूको व्यवावसायमा समेत उनले कमिशन लिने गरेका छन् ।

गृहमन्त्रीलाई नेपाल मगरसंघका पदाधिकारीहरूले दबाब दिएर पोखरा पठाइएका रानाले ६ महिनामै करोडांै आर्जन गरेको स्रोतले जनाएको  छ । रसुवामा हुँदा रक्त चन्दन बौद्ध रहँदा तिब्बतीयनहरूसँग पैसा असुलेका कारण कारवाहीमा परेका रानालाई गृहमन्त्री रामबहादुर थापाले मगर संघको दबाबमा पोखरा पठाएका हुन् । उनले पोखरामा क्रसर व्यवशायीहरूसँग पनि पैसा असुल्ने गरेको स्रोतले जनाएको छ ।

उनै गएपछि नै पुरानो लेखनाथ नगरपालिामा क्रसर उद्योग सञ्चालनको अनुमति समेत दिइएको छ । त्यसमा ललित समूह र छन्त्यालकै सहयोग रहेको पनि स्रोतले जनाएको छ । तर ललित गुरुङ भने हाल नेपालमा छैनन् । उनी नभए पनि पोखरामा उनकै समूहको दादागिरी चल्दै आएको छ । 

Post a Comment

0 Comments