Subscribe Us

जग्गा देखाएर ४९ लाख ठगी गर्ने हुलाक कर्मचारी श्रीमतीसहित स्याङ्जाबाट पक्राउ


वालिङ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको एक प्रहरी टोलीले घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र निजकै श्रीमती ४० वर्षीया सङ्गीता नेपाल छन् । 

निज दम्पतीले पुतलीबजार नगरपालिका३ मा निज महेन्द्र नेपालको नाममा रहेको घरजग्गा पास गरिदिने भनी प्रलोभन देखाई आठ जनाबाट विभिन्न मितिमा रकम लिई देखाएको जग्गा अर्कै व्यक्तिको नाममा राजीनामा पास गरी ठगी गरेकाले पीडित मञ्जु गोदार तथा अन्यले प्रहरीमा किटानी जाहेरी दिएसँगै प्रहरीले नेपाल दम्पतीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका दम्पतीले विभिन्न मितिमा स्याङ्जाको फेदिखोला गाउँपालिका२ की मञ्जु गोदारबाट रु पन्ध्र लाख, सावित्री दर्जीबाट रु तीन लाख ३० हजार, चुनुमाया गोदारबाट रु तीन लाख ५५ हजार, वेदप्रसाद गौतमबाट रु तीन लाख, कृष्ण महत थापाबाट रु चार लाख ६० हजार, दुर्गाकुमारी खत्री खड्काबाट रु सात लाख, रुकुमको मुसिकोट नगरपालिका१ घर भई हाल कास्कीको पोखरा महानगरपालिका८ मा डेरा गरी बस्ने रेशम रावलबाट रु दुई लाख ७५ हजार गरी रु कूल ३९ लाख २० हजार लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । पक्राउ परेका दम्पतीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

Post a Comment

0 Comments