Subscribe Us

अमेरिका छिर्न विप्लवको राजनीतिक बली !



  • युद्धअपराधमा पक्राउ गर्न सक्ने भएपछि तत्कालै विप्लव समूहलाई प्रतिबन्ध गरी दोषजति त्यता थोपरिदिए 
  • भेनेजुएला प्रकरणमा विज्ञप्ति निकाल्नु आफूतिर ध्यान खिचाउने कुटील चाल रहेको प्रमाणित 
  • देउवालाई लिएर ओलीनिवास छिरेर विप्लवलाई प्रतिबन्ध गर्ने सहमति पनि प्रचण्डले नै जुटाएका थिए 

काठमाडौं । पत्नी उपचारका लागि अमेरिका पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह भनेर चिनिएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलाई बलीको बोको बनाएको खुलेको छ ।
युद्धअपराधमा आफूलाई पक्राउ गर्न सक्ने अमेरिकामा रहेका वकिल र जानकारले भनेपछि उनले माओवादी जनयुद्धका क्रममा भएका आतंकवादी गतिविधिको दोष थोपर्दै सरकारबाट विप्लवलाई प्रतिबन्धको प्रस्ताव गरेको उच्च स्रोतको दाबी छ ।

त्यसका लागि उनले नेपालमा रहेका अमेरिकी राजदूत रेन्डी बेरीसँग पनि लामो समय छलफल गरेका थिए । अमेरिकी कानुनले कुनै पनि युद्धअपराधी घोषणालाई फिर्ता नलिएसम्म केही भन्न सक्ने अवस्था हुँदैन । युद्धका बेला दोषी ठहर गरिएका तत्कालिन नेपाली सेनाका कर्णल कुमार लामालाई पक्राउ गरेजसरी प्रचण्ड पनि पक्राउ पर्नसक्ने भएपछि उनले आफू सुरक्षित हुने बाटो खोजेका थिए । अति नै कमजोर स्वास्थ्य भएकी पत्नी सीता दाहालको उपचार अनिवार्य अमेरिकामा गर्नुपर्ने सुझावलाई पार लगाउनका लागि प्रचण्डको यस्तो रणनीतिक निर्णयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली पनि साक्षी बसेका हुन् ।

सीता दाहालले निक्कै अघि नै अमेरिका लैजाने प्रयास प्रचण्डले गरेका थिए । तर, दूतावासले उनको प्रस्ताव र प्रयासलाई ध्यान नदिएपछि कुनै नाता र सम्बन्ध नभएको भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध कडा विज्ञप्ति जारी गरेका थिए । जुन विज्ञप्तिले चर्चा पाएपछि अमेरिकी प्रशासनले नेपालको धारणाबारे सोधीखोजी गरेको थियो । सरकारलाई पनि आफ्नै विज्ञप्तिलाई बल पुग्नेगरी जवाफ दिनका लागि प्रचण्डको दबाब परेको थियो । त्यसपछि अमेरिकी राजदूत बेरी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । त्यसैबेला प्रचण्ड सचिवालयले भनेको थियो,‘अमेरिकासँग कुरा मिलिसकेको छ, अब परिवारका सदस्यलाई भिसा दिने विषयमा सहमति भएको छ ।’

पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला केही साताअघि मात्र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिनेगरी उनले माओवादीको जन्म हुनसक्ने अभिव्यक्ति दिएको केही दिन पनि नबिति यस्तो कठोर निर्णयमा पुग्नुको कारण पत्नीप्रेम रहेको बताइन्छ ।

‘आफूलाई पनि उक्त समूहले मार्ने एक नम्बर सूचीमा राखेको, प्रधानमन्त्री ओलीलाई २ नम्बर र देउवालाई तीन नम्बरमा राखेको भन्ने सूचना प्रहरीबाट दिलाएर कन्भिन्स गराउन प्रचण्ड सफल भए’, स्रोतले भन्यो,‘यो सूचना प्रहरीबाट गएको हो र प्रहरी प्रचण्डको नजिक रहेको छ । जसमा ओली र देउवा कन्भिन्स नहुने कुरै भएन ।’ यता, यहि खतराको आधार देखाएर प्रचण्डले आवश्यक भन्दा बढी सुरक्षा घेरा लिएका छन् । पूर्वप्रधानमन्त्रीको हैसियतमात्र रहेका उनलाई अन्यको तुलनामा तीन गुणा भन्दा बढी सुरक्षा दिइएको छ । ५९ जना त सुरक्षाकर्मी नै उनको निवास र सुरक्षाका लागि परिचालित छन् ।

बिप्लव नै किन ?
प्रचण्ड केही दिन अघिसम्म पनि विप्लवसँग नरम थिए । विप्लव समूहले खुलेआम कार्यक्रम पनि गर्दै आएको थियो । नेपाली राजनीतिमा तरङ्ग ल्याउन र सो समूहलाई प्रतिबन्धको घोषणाको औचित्य पुष्टि गर्न पनि पृथकतावादी भनिएका सीके राउतसँगको सहमति गृहमन्त्री बादलमार्फत गराइएको र रेशम चौधरीलाई जेल हाल्नका लागि अदालत प्रभावित बनाइएको हो ।

‘यति गरेपछि राजनीतिक सहमतिमा आए वार्ता गर्ने भन्ने भ्रम जाने भयो, विप्लव समूह वार्तामा आउने नै थिएन । खास अर्थमा सरकारको वार्ता टोलीसँग कसैले वार्ता गरेको छैन । यो कारण बनाएर, आफ्ना नीहित स्वार्थको उपयोग र प्रयोग गरियो’, स्रोतले भन्यो ।

विप्लव समूहले सैन्य संगठन बनाएको, तालिम गरिरहेको र चन्दा उठाएको भन्ने दाबी गरिएको थियो । त्यहाँमाथि एनसेललगायतका केही कम्पनीमाथि विप्लव समूहले आक्रमण जारी राखेको थियो । उक्त समूहबाहेक अन्यलाई युद्धअपराध र हिंसाको आरोप देखाउने कुनै ठाउँ थिएन । ‘विप्लवलाई आफूसँग विद्रोह गरेर छुट्टिएको भनेर पुष्टि गराउने आधार पनि बन्ने भयो, वार्तामा बोलाउनुभन्दा निषेधको घोषणाले नै साख जोगिने भएपछि यो कुटीलता अपनाइयो’, स्रोतले भन्यो,‘तर यस्तो कुटीलताको परिणाम भयानक हुनसक्ने खतरा छ ।’

Post a Comment

0 Comments