Subscribe Us

राजनीतिक ‘ग्रे एरिया’मा पूर्वराजाको चमत्कार !



सरकारले स्थायीत्व कायम गर्नुको साटो कुनै दलमाथि प्रतिबन्ध र एउटा समुदायमाथि नै राजनीतिक तुरुप फ्याँक्दा देखिएको तरङ्गमा पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियता झल्किएको छ

काठमाडौं । संघीय संरचनाको स्थायी नामाकरण नहुँदै नेपाल कम्युनिस्ट पार्टी प्रशासित सत्तामा ग्रे एरिया देखिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले चमत्कार गर्न थालेका छन् । झापामा रहेका पूर्वराजा शाहले अघिल्लो साता मधेस भ्रमण गरे । तर, उनले त्यसलाई तराई भन्न रुचाए । उनको क्रेज कम भएन । सोही बीचमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरी र उनको भेट जनकपुरको होटलमा भएका विवरणहरू बाहिर आएपछि सरकारले प्रतिक्रियामा भन्योराजदूतसँग स्पष्टीकरण सोधिन्छ ।

सरकारको उक्त बयानलाई भारतीय दूतावासले मार्क गरेको स्रोतले जनायो । परराष्ट्र मन्त्रालयले जनकपुरमा पूर्वराजा शाह र पुरीबीच भेट भए वा नभएको भन्ने पत्ता लगाएर के कुरा भयो भन्ने विषयमा स्पष्टीकरण लिने जनाएको थियो ।
 
नेपालको व्यवस्था परिवर्तनदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र अन्य समझदारीमा सिधा धावा बोलिरहेको भारतीय संस्थापनका प्रतिनिधि पुरीलाई सोधिने भनिएको स्पष्टीकरण कस्तो हुने भन्ने अर्को चासो र चियो पनि भइरहेको छ ।

त्यसैबीचमा भारतले आश्रय दिएका तर नेपाल आउनासाथ छुट्ने शर्तको विश्वासमा पारिएका राजपाका सांसद रेशमलाल चौधरीलाई आजिवन काराबासको सजायले पनि फरक तरङ्ग ल्यायो । लगत्तै, पृथकतावादी आन्दोलन चलाएका सीके राउतसँगको सहमति र सरकारविरोधी आन्दोलनमा रहेको नेकपा विप्लव समूहमाथिको प्रतिबन्धको आलोचनामा सरकार फँस्यो । यी घटनाक्रम नै पूर्वराजाको तिर्थाटनका नाममा भएका जनतासँगका भेटका कार्यक्रमले सहानुभूति पाएका छन् । कुनै पनि प्रकारका अस्थिरताबीच आस्था भएको संचित शक्तिको सहानुभूति र सक्रियता हुनु स्वभाविक हुन्छ ।
नेकपाका कतिपय नेताहरू नै ओलीले चलाएको प्रशासनयन्त्रसँग सन्तुष्ट छैनन् । 

खासगरी तत्कालिन माओवादी केन्द्रका सैद्धान्तिक विचार कोर्नेहरूको एउटा समूहले प्रचण्डलाई भनेको छ,‘पहिचानको राजनीति छाड्नु भयो भने कुनै पनि एकात्मक प्रणाली अवश्य हावी हुन्छ ।यस्तो सुझाव दिनुको अर्थ हो, विभिन्न प्रदेशका ससाना पहिचानवादी शक्तिले असन्तुष्टि देखाउने स्पष्ट स्पेश बाँकी नै छ ।

सरकार कहाँ चुक्दैछ ?
वार्तामा नबोलाई विप्लव समूहमाथि थालेको धरपकडको सर्वत्र विरोध र आलोचना त छँदै छ मधेसमा सीके राउतसँग सहमति गरेपछि विश्वासको मत फिर्ता लिएको एउटा लोकतान्त्रिक ताकत राजपाको असन्तुष्टि पनि कायम रहेको छ । यस्तो अवस्थामा सरकारले उत्पन्न गरेको राजनीतिक ग्रे एरियाभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले जनमत र लोकप्रियता बटुलिरहेका हुन् ।

सरकारले अहिले लोकतान्त्रिक शक्ति, मुख्य प्रतिपक्षीलाई विश्वासमा लिएर पुरानो व्यवस्थामाथिको सहानुभुति भन्दा नयाँ व्यवस्थाको स्थायीत्वकरणमा ध्यान दिएन, नेकपाका नेताको अहंकारका कारण नै परिवर्तन गुम्न सक्ने खतरा देखिन्छ’, उच्च स्रोतले भन्यो,‘अहिले कसैलाई प्रतिबन्ध, स्पष्टीकरण वा अन्य निर्णय भन्दा पनि लोकतान्त्रिक शक्तिको विश्वास जितेर व्यवस्थालाई कायम गर्न सरकार अघि सर्नु पर्ने थियो ।

भारतीय संस्थापन लोकसभा निर्वाचनको संघारमा रहेको र त्यसैमा व्यस्त हुँदा नेपालको राजनीतिमा त्यति ध्यान दिने मुडमा छैन । तर
, उसले नेपाल सरकारले गरिरहेका हरेक निर्णय र राजनीतिक घटनाक्रमलाई भने नोटगरेको छ । भारतीय प्रशासनबारे जानकार एक विश्लेषक भन्छन्,‘भारतमा नयाँ सरकार आउनासाथ उसले छिमेकमा अख्तियार गरेको केही नीति र व्यवस्थामाथि नै कुटनीतिक प्रयोग गर्नेछ । त्यसको परिणाम र असर त्यहाँ नयाँ सरकार बनिसकेपछि देखिनेछ ।

Post a Comment

0 Comments