Subscribe Us

पूर्वप्रधानसेनापति क्षत्रीको लुटतन्त्रका अध्याय

काठमाडौं । बेलामौका राजनीतिक विचार समेत पस्किएर विवादमा तानिने गरेका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाको बद्नाम हुनेगरी मच्चाएको लुटतन्त्रको हिसाबकिताब खोजिन थालिएको छ । 

पत्नी रीता बस्नेतसहित छोरा अभिषेक र आभुषणका नाममा अकुत सम्पत्ति जोडेका क्षत्रीले शक्तिमा भएका बेला सेनाभित्रका ठेक्कादेखि अनेक प्रकरणमा लुटतन्त्र मच्चाएका थिए । उनले ट्रयापमा पारेका, कतिपय व्यावसायी र व्यापारीले अहिले न्याय खोज्न थालेका छन् । 

सैनिक कल्याणकारी कोषको रकम पनि चरम भ्रष्टाचार गरेका क्षत्रीले कतिपय काममा भने बैंकहरूलाई पनि धम्क्याउने गरेका थिए । बैंकलाई आफ्नो अनुकुलतामा निर्णय गराउनका लागि कल्याणकारी कोषको जम्मा भएका रकम नै फिर्ता लैजानेसम्मका धम्की उनीमार्फत उनका बिचौलियाले गर्दै आएका थिए । 

उनको यस्तो आचरण र भ्रष्टाचारमा लतपतिएको अनुहार भने एउटा जग्गा प्रकरणबाट सतहमा आएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित क्षेत्रीले करोडौंको जग्गा जमिन जोडेका छन् । क्षेत्रीले पत्नी रिता बस्नेतको नाममा विवादास्पद ४ कठ्ठा ७ धुर जग्गा १२ करोड २५ लाख रुपैयाँ खरिद गरेका छन् ।
कुनै पनि व्यक्तिको आर्थिक हैसियत रेकी गर्ने, त्यसलाई फकाउने, ट्रयापमा पार्ने र छोरामार्फत लुटतन्त्र मच्चाउन माहिर थिए, क्षत्री 

क्षेत्रीले पत्नी रिताको नाममा खरिद गरेको उक्त जग्गा इन्धनको व्यापार गर्ने तिर्थ प्रधानको हो । प्रधानलाई सेनाको इन्धन व्यावसायसँग जोडी उनैलाई ट्रयापमा पारेर क्षत्रीले उक्त जग्गा लिएका हुन् । कित्ता नम्बर ३५७१ को ७ कठ्ठा जग्गालाई दुई टुक्रा पारेर केही महिना पहिले ४ कठ्ठा ७ धुर उनले खरिद गरेका थिए । जुन जग्गा ओम चलचित्रको नाममा थियो । 

हेटौंडा वडा नम्बर–११ मा पनि करोडौंको जग्गा खरिद गरेको भेटिएको छ । जहाँ अहिले क्षेत्रीका छोरा अभिषेकले करोडौंको महल धमाधम बनाइरहेका छन् । यसबाहेक क्षत्रीको लुटतन्त्रबाट आर्जित रकमले उनका छोराहरूले ब्रान्डेड कम्पनी पनि चलाइरहेका छन् । खासगरी ठूला ठेक्का प्रकरणमा मनग्गे रकम भएका व्यावसायीलाई टाट पल्टाइ दिने र आफ्नो साम्राज्य खडा पार्न नेपाली सेनाको प्रधानसेनापति पदको दुरुपयोग हुन्थ्यो । क्षत्रीले आफ्नो कार्यालय जङ्गी अड्डामा नै यस्तो साम्राज्यको गुरुयोजना बुन्ने गरेका थिए । 

यसरी लुट्थे 
आफैंले चिनेका व्यापारीलाई अगाडी ठिक पार्ने र पछाडी काममा अवरोध गराउने उनको नीति थियो । पैसाका लागि ¥याल काढ्ने क्षत्रीले कुनै पनि व्यापारीलाई काम गराउनका लागि आफ्ना छोराहरूलाई देखाउँथे र पार्टनरसीपका लागि बाध्य पार्दथे । 
स्रोतले भन्यो,‘उक्त काम अहिले पनि जारी राखेका छन् । उनलाई पैसा भन्दा प्यारो केही पनि छैन । जसरी हुन्छ, अर्काको ज्यानै जानेगरी मानसिक यातना दिएर भए पनि सम्पत्ती बटुल्नु उनको ध्येय हो ।’

छोराहरूले कारोबार मिलाउन थालेपछि सम्बन्धित व्यापारीलाई क्यास अभाव पार्ने र आफैंले मिटरव्याजमा दुई चार करोड दिएर त्यसवापत अर्ब भन्दा बढीको सम्पत्ति जफत गर्ने कागज बनाउँथे । एक व्यापारी भन्छन्,‘उनको यो लुटतन्त्रको कारोबारमा केही आफन्त भनिने बिचौलियाको भुमिका पनि हुन्छ । उनीहरूको रोलका आधारमा नै क्षत्रीले अर्बौंको साम्राज्य तयार पारेका छन् ।’ 

बाहलवाला प्रधानसेनापतिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको लेखा समितिले पनि प्रश्न गर्न नपाउने हुँदा त्यसको भरपूर फाइदा उठाउँदै साधारण सैनिकको बढुवादेखि अनेक प्रकरणमा क्षत्रीले बिना पैसा काम नै गरेनन् । यता, शक्ति केन्द्रलाई सन्तुलनमा राख्दै उता लुटतन्त्रको जालो अतिवादी शैलीले फैलाएका क्षत्रीबारे एक व्यापारी भन्छन्,‘चौधरी ग्रुपलाई टक्कर दिनेगरी भ्रष्टाचार गरिएको छ ।’

सेनामा हुने हरेक ठेक्कामा उनलाई पहिला कमिशन चाहिन्थ्यो । पुष्प पियाको पिया कन्स्ट्रक्सन, बसन्त चौधरीको कम्पनीलाई मात्र ठेक्का दिँदा उनले सय करोड भन्दा माथि लिने गर्दथे । खासगरी उनको कार्यकालमा भएको मेसका लागि चाहिने फलामे चुल्हो ठेक्कामा ४० करोड भन्दा बढी लिएका थिए । 


Post a Comment

0 Comments