Subscribe Us

सेनाको प्रवक्तामा सहायकरथी पाण्डे, ढकाल पूर्वीपृतना


काठमाडौं । नेपाली सेनाले प्रवक्तामा विज्ञानदेव पाण्डे चयन भएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेलाई दिएको जनाएको छ ।  

दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले केही दिनपछि मात्र आफ्नो जिम्मेवारी सम्हाल्ने सैनिक जनसम्पर्क कार्यालयले जनाएको छ ।

नेपाली सेनाको प्रवक्ताका रुपमा करीब तीन महीना काम गरेका हालका प्रवक्ता यामप्रसाद ढकालको भने पूर्वीपृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । सहायकरथी ढकाल केही दिनपछि मात्रै आफ्नो कमाण्ड बुझ्न त्यसतर्फ जानेछन् । नेपाली सेनामा सहायकरथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनी कमाण्ड हुन आवश्यक मानिने भएकाले ढकाल बाहिनीपतिका रूपमा पूर्वीपृतना जान लागेका हुन् ।

Post a Comment

0 Comments