Subscribe Us

यात्रु नभएको बसबाट १ सय ५ केजी चरेससहित तीन पक्राउ


धादिङ इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट १ सय ५ किलोग्राम चरेससहित तीन जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका३ का श्रीराम साह कानु रहेका छन् ।

काठमाडाैंबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नम्बरको बसमा लुकाइछिपाई लैजान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ । यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको अनुसन्धानबाट खुलेको छ ।

Post a Comment

0 Comments