Subscribe Us

आबुखैरेनीमा लागूऔषधको जालो तोड्दै ईन्स्पेक्टर पाठक

आबुखैरेनी, २१ फागुन । पोखरालाई केन्द्रबिन्दु बनाएर लागूऔषधको तस्करी गर्ने गिरोह धमाधम आबुखैरेनी बाटै पक्राउ पर्न थालेका छन् । 

भारतको रक्सोलमा खरिद गरिएको लागूऔषध पर्साको बिरगंज नाकाबाट चितवन हुँदै पोखरामा लागूऔषध पुग्ने गरेको बिषेश सुचना आबुखैरेनी प्रहरीले पाएपछि कारोबारीलाई बिचबाटोमै पक्राउ गर्न ईलाका प्रहरी कार्यालय आबुखैरेनी सफल भएको हो । आबुखैरेनी ईप्रकाले एक महिनाको अबधीमा दुई कारोबारीलाई पक्राउ गरेको छ । 

अनुसन्धानको क्रममा कारोबारीले उक्त लागूऔषध बिरगंज हुदै पोखरामा लगेर बिक्रीबितरण गर्न गरेको आबुखैरेनी ईप्रकाका प्रमुख ईन्स्पेक्टर महेश पाठकले बताए । 

पर्यटक स्थलसँगै पोखरा पछिल्लो समय लागूऔषधको अखडासमेत बन्न पुगेको छ । आबुखैरेनी प्रहरीले गत आईतवार बिषेश सुचनाको आधारमा ठूलो परिमाणको लागू औसध सहित  रमेश पुनलाइ पक्राउ गरेको छ । जैमनी ८ बाग्लुङ घर भएका पुन अस्थाई रुपमा आबुखैरेनी  बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पुनलाइ प्रहरीले विशेष सुराकीको आधारमा अवैध लागुऔसध डाइजेपाम ५४ एम्पुल, नुफिन ५४ एम्पुल र फेनारगन ५४ एम्पुल सहित आबुखैरेनी चोक बाट नियन्त्रणमा लिएको हो । तिन साता अघिपनि आँबुखैरेनी प्रहरीले अवैध लागु औषधसहित गोरखा शहिद लखन गाउँपालिका २६ वर्षिया रमेश घलेलाई पक्राउ गरेको थियो ।  

 । पक्राउ परेका घलेको कोठामा खानतलासी गर्दा प्रहरीले डाईजेल्याव ९६ एम्पल, फेनागन ८६ एम्पल र बुफिन ९५ थान गरी २७७ एम्पल अवैध लागुऔषध बरामद गरेको थियो । प्रहरीले घलेको साथबाट २४ हजार २ सय ३० रुपैया नगद पैसा समेत बरामद गरेको थियो ।

Post a Comment

0 Comments