Subscribe Us

‘ट्रान्स पार्टी’ को हब बन्दै पोखरा,
डान्सको नाममा ‘ट्रान्स’ !

पोखरा । पोखराको लोकसाईडस्थित द अफिस रेष्टुरेन्टमामा डान्स पार्टीको नाममा ‘ट्रान्स पार्टी’मा रमाईरहेका ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बैदाम प्रहरीले उक्त रेष्टुरेन्टबाट आइतबार राती छापा मारेर स्वदेशी र बिदेशी गरी ८० जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेकाबाट गाँजा र चरेश समेत बरामत भएको प्रहरीले बताएको छ । पछिल्लो समय प्रहरीको आँखा छल्नलाई बिभिन्न बहानामा डान्स पार्टीको नाममा केही गिरोहले ‘ट्रान्स पार्टी’ चलाउँदै आएका छन् । नशामा झुलेर दुई तिन दिनसम्म नाच्ने पार्टीलाई ‘ट्रान्स पार्टी’ भनिन्छ । पछिल्लो समय यस्तो पार्टी पोखरामा धेरै हुने गरेको स्रोत बताउँछ । 

प्रहरीलाई पनि राम्रै आर्थिक प्रभाबमा पारेर केही गिरोहले यस्तो पार्टी गर्दै आएको स्रोतको दाबी छ । द अफिस रेष्टुरेन्टमा पनि आईतबार राती डान्स पार्टीको नाममा ‘ट्रान्स पार्टी’ भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । 
स्रोतका अनुसार पोखराका एसपी ओम राणाले यस्ता रेष्टुरेन्ट र डान्स पार्टीको नाममा ‘ट्रान्स पार्टी’ चलाउँदै आएका गिरोहसँग राम्रौ आम्दानी गर्दै आएका छन् । 

उनको उठबस यस्तै गिरोहसँग हुने गरेको स्रोत बताउँछ । पछिल्लो समय पोखरामा ‘ट्रान्स पार्टी’ ब्यापक रुपमा बढेपछि एसपी राणामाथि यस्तो आरोप लाग्न थालेको हो । ‘ट्रान्स पार्टी’को अर्को नाम ड्रग्स पार्टी पनि हो । यसलाई बिश्वमै अबैध मानिन्छ । नेपालमा यसको अनुमती छैन । लागू औषधको सेवन सहित ठूलो आवजमा बिदेशी संगीत मात्र बजाएर तिन चार दिन सम्म लगातार नाँच्ने कार्यक्रमलाई ट्रान्स पार्टी भनिन्छ । 

प्राय यस्ता पार्टी ठूला ठूला खोलाको किनारा तथा एकान्त ठाँउमा हुने गर्दछ । तर अहिले यस्तो पार्टीलाई गिरोहले रेन्टुरेन्टमै एक रातको लागि डान्स पार्टीको नाममा ‘ट्रान्स पार्टी’ चलाउन थालेका छन् । यसको एक उदाहरण द अफिस रेष्टुरेन्ट हो । ९ महिना अगाडी पनि पोखराको फूलबारी रिसोर्टमा प्रहरीकै सुरक्षामा ‘ट्रान्स पार्टी’भएको थियो । 

लागु औषध सहिततत्कालिन समयमा शनिबार बिहानदेखि सोमबार लगातार तिन दिनसम्म उक्त रिसोर्टमा ‘ट्रान्स पार्टी’ चलेको थियो । पछिल्लो समय केही गिरोहले पर्यटकको लागि मनोरन्जनको नाममा पर्यटन बिभागबाट अनुमती पत्र लिएर प्रहरीकै सुरक्षामाा यस्ता डान्स पार्टीको ‘ट्रान्स पार्टी’ हुदै आएको छ । गिरोहले टुरिजम क्षेत्रलाई ध्यानमा राखेर  पर्यटकिय स्थलमा ‘ट्रान्स पार्टी’ गर्दै आएका छन् । 

Post a Comment

0 Comments