Subscribe Us

निर्मला प्रकरणमा नयाँ 'सम्भावना', अछामबाट २ पक्राउ, 'शंकास्पद' दुई जनालाई राजधानी ल्याइँदै


काठमाडौं । नेपाल प्रहरीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा शंकास्पद दुई जनालाई अछामबाट पक्राउ गरेको छ ।
केही दिनअघि पक्राउ गरेर बयान लिएको सिआइबीको टोलीले उनीहरूको बयान शंकास्पद लागेपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेका थिए । यो प्रकरणमा यसअघि पक्राउ परेकाहरु अभियोग प्रमाणित नभएपछि रिहा हुँदै आएका छन् ।
निर्मलाको साउन ११ गते बलात्कार गरि हत्या गरेको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । घटना भएको लामो भइसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानमा प्रहरीको लापरवाही भेटिएको छानविन समितिहरुको ठहर छ । जसका आधारमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलगायत प्रहरी अधिकृत बर्खास्त र निलम्बनमा परेका छन्।
उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्धा परेपनि सबै जना रिहा भइसकेका छन् । बुधबार मात्र सीआईबीका तत्कालीन डीएसपी अङ्गुर जीसी ९ लाख धराैटीमा रिहा भएका थिए ।

Post a Comment

0 Comments