Subscribe Us

सस्तोमा सुन दिने भन्दै लुट्ने तीन पक्राउ


चौतारा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको विशेष टोलीले सस्तो मूल्यमा सुन दिने भन्दै सर्वसाधारणबाट दश लाख रूपैयाँ लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई बुधबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका५ गाती काभ्रेटोलका २५ वर्षीया प्रमबहादुर तामाङ, २४ वर्षीया साजन तामाङ र २१ वर्षीया आक्रोश भन्ने सिङ्गबहादुर तामाङ छन् ।

उनीहरूलाई जिप्रकाको विशेष टोलीले काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको सूचना अधिकृत प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । सुनसरी जिल्ला बराह नगरपालिका१ घर भई काठमाडौँ घट्टेकुलो निवासी पीडित नीरज घिमिरेले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वलेफी गाउँपालिका५ अरनिको राजमार्गको ७४ किलो नजिक रहेको गोरेटो बाटोमा गत पुस १७ गते पीडित घिमिरेबाट रु १० लाख लुटपाट गरी फरार रहेका थिए । पक्राउ परेका आरोपीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

Post a Comment

0 Comments