Subscribe Us

टीकापुर घटनामा 'माननीय' चौधरीलाई जन्मकैद

कैलाली । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।
कठायतले लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको पनि उल्लेख गरे । थारू तीन वर्ष जेल बसिसकेकोले बुधबार नै रिहा हुने भएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाले ज्यान गुमाएका थिए ।
उक्त घटनापछि मुख्य अभियुक्त मानिएका चौधरी फरार रहेका थिए । फरार रहेकै अवस्थामा राजपाबाट प्रतिनिधिसभा सदस्यको वारेसमार्फत उम्मेदवारी दिएका उनले चुनाव जितेका थिए । त्यसपिछ वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलालीसामू आत्मसमर्पण गरेका थिए ।
तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा उनले सपथ लिए पनि जेलबाट भने छुटेका थिएनन् । उनी जेलमै रहेका बेला जिल्ला अदालतले चौधरीलाई उक्त टीकापुर घटनामा मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।


Post a Comment

0 Comments