Subscribe Us

फरार अपहरणकारी नेपालगञ्जबाट पक्राउ


बाँके   जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको एक प्रहरी टोलीले फरार अपहरणकारीलाई पक्राउ गरेको छ । जिल्ला अदालत नेपालगञ्ज बाँकेको २०७२ माघ २ गतेको  फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहका बाँके जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने ५० वर्षीय मुल्ला भन्ने निजामुद्दिन साईलाई सोही उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालगंज उपमहानगरपालिका-१० बस्ने २२ वर्षीय मुन्नु अंसारीलाई २०६९ असार २६ गते सोही उपमहानगरपालिका-९ बाट उनी समेत ९ जनाले अपहरण गरी भारतमा लगि बन्धक बनाई नगद ९ लाख रुपैयाँ फिरौती लिई फरार भएका थिए ।
 घटनामा संलग्न अन्य अपहरणकारीमध्ये बाँके ईन्द्रपुरका सुष्मा बर्मा र बाँके भवानियापुरका प्रमोद गिरी यसअघि पक्राउ परी हाल थुनामुक्त भएका छन् । बाँके ईन्द्रपुरका रगौ भन्ने रिजवान साई हाल कारागार शाखा नेपालगंजमा छन् भन्ने बाँके कम्दीका २८ वर्षीय बकरिदी शेष तथा २२ वर्षीय झल्लु धोबी, भारत मोतीपुरका ३० वर्षीय ईरसाद खान, ३८ वर्षीय मोइन कुरेसी र ३८ वर्षीय सिराजुल रहमान अंसारी हाल फरार रहेका छन् 

Post a Comment

0 Comments