Subscribe Us

विप्लवविरुद्ध ‘एक्शन बिफोर डाइलग’ नीति !


केही समयअघि सम्झौता गरिएका सीके राउतलाई पक्राउ गरी राज्यविप्लवको मुद्दा चलाएर थुनामा राखिएको थियो । विप्लव समूहका नेतालाई पनि सोही प्रकृतिको मुद्दा लगाउने तयारी सरकारले गरेको हो
काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लवलाई तह लगाउनका लागि एक्शन विफोर डाइलगको रणनीति अपनाएको छ । सो समूहका प्रभावशाली नेतालाई गिरफ्तार गर्ने, उसको जनसंगठन परिचालनका सबै आधार भत्काउने र नियन्त्रणमा राखी वार्ता गर्ने नीति सरकारले अख्तियारी गरेको हो । नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीको विशेष टोलीलाई यहि कामका लागि गोप्य हिसाबले परिचालन गरिएको छ ।

जसको परिणामका आधारमा केही दिनभित्र विप्लव समूहका प्रभावशाली नेता पक्राउ गर्न थालिएको हो । यो क्रममा हेमन्तप्रकाश ओलीसहित नौ जना र सोमबार मात्र कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पुष्करलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले यसलाई ठूलो सफलता भनी प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको छ । यसको अर्थ, सो समूहको विस्फोटक गतिविधि परिचालन गर्ने ठूलो समूह नै सरकारको नियन्त्रणमा आइसकेको छ । अर्कातिर, उक्त समूहको सहयोगका लागि आउने विस्फोटक पदार्थ भारतीय नाकामा नै नियन्त्रणमा लिइयो ।

विप्लवविरुद्ध सरकारले विशेष निगरानी राखेको प्रधानमन्त्री ओलीले नै पुष्टि गरिसकेका छन् । संसदको रोष्टममा उभिएर उक्त समूहलाई हतियार बुझाएर वार्तामा आउन चेतावनी दिँदै नआए सरकारले ल्याउन जानेको पनि बोलिसकेका छन् । यसको अर्थ, विप्लवविरुद्ध सरकारी प्रशासनयन्त्रको तयारी बलियो भएको र सो समूहलाई केही समयमा नामेट बनाउन सकिने आत्मबल पनि पलाइसकेको छ ।

उच्च सुरक्षा स्रोतले भन्यो,‘प्रधानमन्त्रीले नै विशेष चासो राख्नुभएको छ । उनीहरूको गतिविधि नियन्त्रण गरी राजनीतिक मूलधारमा समाहित हुने मौका दिइनेछ त्यसमा सहमति वा सम्झौता नभए कारबाही नै चलाउने नीति पनि देखिन्छ ।

नेपाली सेनालाई प्रधानमन्त्री माथाहत ल्याउने तयारी पनि यसैको संकेत रहेको कतिपयको बुझाई छ । कुनै पनि बेला संकट घोषणा गरी सो समूहलाई नियन्त्रणमा लिन सैनिकको पनि प्रयोग हुनसक्ने अनुमान विभिन्न पक्षले लगाएका छन् । उक्त विधेयक संसदमा प्रस्तुत गर्ने तयारी पनि भएको छ । जसको लोकतान्त्रिक पार्टीहरूले विभिन्न मञ्चबाट आलोचना गरिसकेका छन् ।

कस्तो हुनेछ डाइलग ?
केही समयअघि सम्झौता गरिएका सीके राउतलाई पक्राउ गरी राज्यविप्लवको मुद्दा चलाएर थुनामा राखिएको थियो । विप्लव समूहका नेतालाई पनि सोही प्रकृतिको मुद्दा लगाउने तयारी सरकारले गरेको हो । यसैकारण ३५ दिनको सूचना जारी गरी सरकारले उसलाई आत्मसमर्पण गर्नका लागि चेतावनी दिएको थियो । जसलाई मन्त्रिपरिषद् बैठकबाटै अनुमोदन गराइएको थियो । लोकतन्त्रमा लुट्न पाइँदैन, जुन दर्ता छैन जसको राजनीतिक चरित्र छैन । लोकतन्त्रमा त्यस्तो गर्न पाइन्छ, आत्मसमर्पण गर्ने बाटो सरकारले खुला राखेको छ’, प्रधानमन्त्री ओलीले भनेका थिए,‘सरकारले नियन्त्रण गर्न सक्छ । सरकारको ब्याक गियर छैन ।

विप्लव समूहभित्र रहेको अन्तरविरोधमा पनि सरकारले खेल्ने तयारी गरेको छ । विप्लव र प्रकाण्डबीच रहेको खटपटका क्रममा सरकारले धरपकड मच्चाउने र मुद्दा लगाउने नीति लिएको छ । पहिला सबै पक्राउ गर्ने र विप्लव वार्तामा आए उनीसँग कागज गराएर पार्टी दर्ता गर्न लगाउने । यहि संविधानभित्र बस्नका लागि दबाब दिने योजना सरकारको छ’, उच्च स्रोतले भन्यो,‘त्यसो नभए कारबाही गरेरै तह लगाउने दोस्रो विकल्पमा पनि सरकार निर्णित छ ।

Post a Comment

0 Comments