Subscribe Us

प्रहरीलाई तीन हजार पाँचसय घुस दिन खाेज्ने पक्राउ


कास्की ड्युटीमा खटिएका प्रहरीलाइ घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । पोखरा, पृथ्वीचोकस्थित दरौ सिरुवारी होटलबाट प्रहरीलाई नगद ३ हजार ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोही महानगरपालिका-१५ काजीपौवा बस्ने ३२ वर्षीय मनबहादुर पुन र सोही महानगरपलिका-१२ मियापाटन बस्ने २२ वर्षीय रन्जन गुरुङ पक्राउ परेका हुन् ।  

सोही होटलमा लागूऔषध सेवन गर्न लागेको अवस्थामा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरुले उक्त नगद दिन खोजे पश्चात नगद सहित उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट  प्रयोग गर्न तयारी गरेको २ थान सिरिन्ज समेत प्रहरीले बरामद गरेको छ । 

Post a Comment

0 Comments