Subscribe Us

सिपाहीको गाँसमा एआईजीको रजाई

काठमाडौं । सशस्त्र प्रहरीबल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका एआईजी रामशरण पौडेलले सिपाहीको गाँस कटाएर भ्रष्टाचार गरेको भन्दै पीडितले उजुरी गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा एक दर्जन बढी प्रहरी जवानहरुले यस्तो उजुरी हालेका हुन् ।

जनप्रहारलाई प्राप्त उजुरीको प्रतिलिपिमा आईतबार पासआउट भएका जवानहरुबाट प्रतिव्यक्ति दश हजार असुलेको उल्लेख छ । पास आउटका दिन आमन्त्रित भएका पाहुनालाई खान खुवाउने बहानामा उक्त रकम असुलिएको थियो । सशस्त्र प्रहरी नियमावलीमा यसरी कुनै पनि बहानामा रकम असुल्न पाईंदैन ।

आईतबारको कार्यक्रमको लागी १ सय ४४ जना जवानहरुबाट प्रतिव्यक्ति दश हजारका दरले १४ लाख ४० हजार रुपैयाँ असुलिएको पीडित जवानहरुले बताएका छन् । तर, प्रतिष्ठानका डिआईजी ईन्द्रभक्त प्रजापतिले भने उक्त दिन आफू बिदामा रहेकाले रकम उठाएको बिषयमा जानकार नभएको बताए ।

Post a Comment

0 Comments