‘अर्बपति’ क्षत्रीको आदेशमा जर्नेल पोखरेलले दिएको पीडा सेना कर्पोरेट बन्न थाल्यो, बेरुजु झन् बढेको प्रतिवेदन
काठमाडौं । नेपाली सेना ‘कर्पोरेट सेना’
बन्न
थालेको आरोप सामान्य भइसकेको छ । उसले आफ्नो सीमा र परिधि पार गर्दै ठेक्कापट्टा,
मुलुकका
ठूला आयोजनामा हात हाल्न थालेको छ । मानौ, कि कुनै खास ठेकेदार कम्पनी हो ।
सेनाबाट प्रताडित भएका एक सहायक रथी भन्छन्,‘भ्रष्टाचारको
दलदल मात्र छैन, आजभोली नेताका घरमा बोराका बोरा पैसा पुराएर
आफू गतिलो देखिने भ्रम पनि छर्न थालिएको छ ।’ ति सहायक रथीको
संकेत थियो– फास्ट ट्रयाक निर्माणमा भइरहेको भ्रष्टाचार र
सेनाभित्रका विवाद मिलाउनका लागि राजनीतिक दललाई पार्दै आएको प्रभावबारे । ‘संगठनमा नमिठोसँग राजनीति गरिन्छ, यहाँभित्र
हुने अर्बौंको खेल र भ्रष्टाचारका विषयमा कसले प्रश्न सोध्ने ? सेना
जवाफदेही बन्न पर्दैन ?’, ति सहायक रथीको प्रश्न छ,‘प्रत्येक
बर्ष महालेखा परिक्षकको कार्यालयले सेनामा हुने बेथितिको प्रमाण सरकारलाई बुझाउँछ
। तर किन कारबाही हुँदैन ?’
हातहतियार, हेलिकप्टर, गोलिगठ्ठा उत्पादन गर्ने प्लान्टदेखि सेनाको कार्पेट खरिद समेत त्रुटीपूर्ण थिए । बजारमा पाइनेभन्दा महङ्गो मूल्य तिरेर हरके चिजमा भ्रष्टाचार भएको विवरण महालेखाको प्रतिवेदनमा उल्लेख नै छ । ठूलो मात्रामा सेनाको बेरूजू देखाइएको महालेखा परीक्षकको गत वर्षको प्रतिवेदनमा ‘सरकारले तोकेकोभन्दा फरक विशेषताको हेलिकप्टर खरिद मनासिब नदेखिएको’ उल्लेख नै थियो ।
यस बर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई
बुझाएको प्रतिवेदनमा नेपाली सेनाको आर्थिक मामिला पारदर्शी नभएको, भ्रष्टाचार
भएको कुरा उठान गरिएको छ । तर, गत बर्ष उठान गरिएका विषयमा नै सेना
जवाफदेही भएन । न पहिलाका सैन्य प्रमूख राजेन्द्र क्षत्री भए, न
अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापा त्यसको जवाफदेही छन् ।
भूतपूर्व सैनिकदेखि बाहलवालासम्मका लागि सेनामा
रहेको सैनिक कल्याणकारी कोषमा पनि चरम दुरुपयोग जारी छ । तर, त्यसबारेमा
पनि सेना जवाफदेही छैन । बेलामौका कार्यक्रम ल्याएको घोषणा गरे पनि उक्त रकम कुनै
भूपूको परिवारमा अहिलेसम्म पुगेको छैन । कहीँ पुगेको छ भने पहुँचवाला सैन्य
अधिकारीको निजी खातामा ।
हातहतियार, हेलिकप्टर,
गोलिगठ्ठा
उत्पादन गर्ने प्लान्टदेखि सेनाको कार्पेट खरिद समेत त्रुटीपूर्ण थिए । बजारमा
पाइनेभन्दा महङ्गो मूल्य तिरेर हरके चिजमा भ्रष्टाचार भएको विवरण महालेखाको
प्रतिवेदनमा उल्लेख नै छ । ठूलो मात्रामा सेनाको बेरूजू देखाइएको महालेखा
परीक्षकको गत वर्षको प्रतिवेदनमा ‘सरकारले तोकेकोभन्दा फरक विशेषताको
हेलिकप्टर खरिद मनासिब नदेखिएको’ उल्लेख नै थियो ।
बेरूजूको ९०/९५ प्रतिशत अंश त्यसकै छ । त्यस्तै
हेलिकप्टर खरिदमा प्रतिस्पर्धा नगराइएको प्रतिवेदनमा देखाइएको थियो । सेनाभित्रको आर्थिक अनुशासनमा प्रतिवेदनले
पहिलो पटक प्रश्न उठाएको होइन । विगतका प्रतिवेदनमा समावेश भएका व्यहोरामा सुधार
नभएको भनि उल्लेख गरिएको २०७२ सालको प्रतिवेदनमा त महालेखा परीक्षकको कार्यालयको
असन्तुष्टि नै झल्किन्छ । सिफारिस पालना नगरिएका केही उदाहरण पनि
प्रतिवेदनमा पेश गरिएका छन् । जसमा १० लाखभन्दा बढीको समान खरिद गर्दा बोलपत्र
आह्वान गर्नु पर्नेमा सिधै किनेको पनि उल्लेख छ ।
राशन घोटालाको अर्को कथा
यसरी प्रश्न उठाइरहँदा राशनमा कसरी ठेकेदारलाई
प्रताडित गरिन्छ र हाकिमको ज्यु हजुरीमा सैन्य अधिकारी तल्लिन हुन्छन् भन्ने एउटा
यस्तो पनि छ । प्रधानमन्त्री कार्यालय, सैनिक जंगी
अड्डा, राष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
कार्यालय, महालेखा परिक्षकको कार्यालयलगायत दर्जन ठाउँमा परेको एउटा उजुरीमा
राशनमा कसरी दुख दिने नियत राखिन्छ भन्ने विवरण छ । ती मध्ये, पश्चिम
पृतना पोखरामा तत्कालिन प्रधानसेनापति जो अर्बपतिका नामले पनि चिनिन्छन्, राजेन्द्र
क्षत्री । उनको निर्देशनमा त्यसबेलाका त्यहाँका पृतनापति जगदिशचन्द्र पोखरेलले ठेकेदार
नगेन्द्र श्रेष्ठलाई पार्नुसम्मको संकट पारे । श्रेष्ठले बुझाएको उजरीसहितको
विवरणमा भनिएको छ,‘मानसिक तनाब दिने काम भयो ।’
श्रेष्ठको एनइएस इन्टरप्राइजेव प्रालिले उक्त
पृतना र माथाहतका युनिटमा १३ पुस २०७३ मा ठेक्का सम्झौताका लागि बोलाइएको थियो ।
सो पत्रका आधारमा ५ प्रतिशत कार्य सम्पादन जमानतपत्र रु ४७ लाख मात्र र थप धरौटी
एक करोड २० लाख गरी एक करोड १७६ लाखको राशन सम्झौता भएको थियो । खासगरी सम्झौता
सकेपछि १ माघदेखि श्रेष्ठको कम्पनीले उक्त पृतना र विभिन्न युनिटमा राशन पठाउने
काम गर्न थालेको थियो । तर, १ माघदेखि नै पृतना र माथाहतका युनिटले
प्रत्येक दिन पत्र लेखी दुख दिने काम गरेको थियो । त्यतिमात्र होइन, पठाएका
सामान फर्काउने, राख्न नदिने, कतिपय अवस्थामा
२/३ दिनसम्म पनि नलिइदिने काम गरेको विवरणमा उल्लेख छ ।
ठेकेदार निरन्तर सम्पर्कमा रहेको, अझ
निरन्तर सम्पर्क गरिरहँदा कुनै प्रतिक्रिया नदिएर जर्नेल पोखरेलसहितले जमानत जफत
गर्न कुनियति राखेका थिए । यो, माथिबाट तत्कालिन प्रधानसेनापति
राजेन्द्र क्षत्रीको निर्देशनमा भएको थियो । विवरणमा सेनाले उपभोग गरेको सामानको
भुक्तानी पनि नदिएको, भएको सामान पनि खाएको र पछि जमानत जफत पनि
गरिदिएको उल्लेख छ ।
किन यसो भयो ?
यो सबै खेल र संगठनको बद्नामी गराउने कामचाहिँ
तत्कालिन सेनापति क्षत्रीकै थियो । विवादमा आइरहने उनी अर्बपति बन्ने रहरमा
ठेकेदारको काम होइन, उसको व्यक्तिगत सम्पत्ति कति थियो र कसरी हात
पार्ने भन्ने ध्येयमा उत्रिन्थे । त्यसैको शिकार बनेका थिए श्रेष्ठ । यता सेनामा
ठेक्का गर्न लगाएर करोडौं रकमको धरौटी राख्ने बाध्यतालाई क्षत्रीले श्रेष्ठको मोरङ
र सुनसरीमा रहेको करोडौंको जग्गा हडप्ने षडयन्त्रको जालोमा पारिदिए । यतिसम्मकी
क्षत्रीले श्रेष्ठको मोरङ बिराटचोकमा रहेको जग्गाका विषयमा कुराकानी मात्र के भएको
थियो, बर्दी लगाएका कर्णलको नेतृत्वको टोली जग्गा नाप्न नै पुराएका थिए ।
‘म यी सबै कुराहरूमा जानकार थिइँन तर उनको नियत
पछि खुल्दै गयो । जब म यता भासिँदै गएँ उता मेरो सम्पत्तिमाथि राखिएको बद्नियतका
विषयमा चाल पाएँ’, श्रेष्ठले भने ।
0 Comments