Subscribe Us

टोल–टोलमा जुवा अखडा,
अखडा सञ्चालन गर्ने माथि आक्रमक बन्दै प्रहरी

काठमाडौं । पछिल्लो समय केही गिरोहले घर, अपार्टमेन्ट र होेटलका कोठालाई जुवा खेल्ने अखडा बनाएका छन् । राजधानीका अधिकांश क्यासिनोमा नेपाली प्रवेशलाई प्रहरीले कडाई गरेपछि क्यासिनोका दलालहरूले घर, अपार्टमेन्ट र होेटलका कोठा बुकिङ गरेर जुवा खेलाउन थालेका हुन् । 

यसरी जुवा खेलाउनेमा गुण्डाका नाइकेदेखि पेशेवर जुवाडेसमेत रहेका छन् । उनीहरूले क्यासिनोकै शैलीमा जुवा खेलाउँदै आएका छन् ।  गत एक बर्ष प्रहरीले यस्ता दर्जनौ अखडामा छापा मारेर सयौं जुवाडेलाई पक्राउ गरे पनि यस्ता जुवा अखडाको नियन्त्रण भने हुन सकेको छैन ।

यस्ता अखडा नियन्त्रण गर्न नेपाल प्रहरी अब आक्रमक रुपमा प्रस्तुत हुन लागेको छ । जुवा खेलाउने यस्ता गिरोहलाई पहिचान गरेर महानगरीय अपराध महाशाखाले खोजि कार्य सुरु गरेको छ । कमजोर कानुनको कारण पक्राउ परेका जुवाडे तत्काल छुट्ने हुँदा यस्ता धन्दा निरन्तर चलिरहेको हो । यस्तो अखडामा जुवाडेलाई लगानी गर्ने गिरोह पनि सक्रिय हुँदा राजधानीमा जुवा अखडा चम्किएको स्रोत बताउँछ ।

राजधानीमा क्यासिनोमा दलाली गर्दै आएका प्रितम भन्ने बलराम गिरी पनि ठूलो जुवा अखडा चलाउने गिरोहका नाइके हुन् । गिरीको समूहले  लाजिम्पाट र नयाँबजार क्षेत्रमा जुवा खेलाउँदै आएको स्रोत बताउँछ । गिरीको समूहमा अशोक श्रेष्ठ लगायत छन् । यो समूहले पैसा हुने व्यक्तिलाई सेटिङमै जुवामा हराएर लुट्दै आएको स्रोतको दाबी छ । 

गोदावरीस्थित भृकृटी होटलका राजु लामालाई यो समूहले करोडौं रुपैंया लुटी सकेको छ । जुवाको कुलतमा फसेका लामालाई गिरी र श्रेष्ठले कहिले गोवा त कहिले सिक्किम लगेर जुवा खेलाउँदै आएका छन् । यहि समूहको शिकारमा परेर बुढानिलकण्ठ भंगालका दारी भन्ने सुरज थापा अहिले सडकमा पुुगेका छन् । 

करौंडौ रुपैंया सम्पत्ती भएका थापा अहिले जुवामा खेलेको ऋण तिर्न नसकेर गुमनाम छन् । यि त केही उदाहरण मात्र हुन यो गिरोहले केही घुस्याहा प्रहरीको मिलोमतो धेरैको बिल्लीबाड बनाईसकेको स्रोत बताउँछ । 

यस्तै, युनाईटेड कलेज तथा युनाईटेड शहकारीका सञ्चालक समेत रहेका कान्छा बस्नेतले पनि जुवा अखडा चलाउँदै आएका छन् । यो समूहले पनि गिरी र अशोककै शैलिमा राजधानीको बिभिन्न ठाउँमा जुवा चलाउँदै आएका छन् । बस्नेतको समूहमा प्रेम मगर, कैलाश खड्का रमेश भण्डारी लगायतको टिम छ । 

यो समूहले थेचु, सुनाकोटी, थसीखेल भैसीपाटी नख्खु दोबाटोलाई आधार श्रेत्र बनाएर जुवा खेलाउँदै आएका छन् । व्यवसायीक रुपमा दश बर्ष देखि दोलखाका नारायण खड्काले जुवा खेलाउँदै आएका छन् । खड्काको समूहले अहिले पनि प्रिपेड शैलिमा जुवा खेलाउँदै आएको छ ।

पटक–पटक खड्काको जुवा अखडामा प्रहरीले छापा मारे पनि उनले जुवा खेलाउन छाडेका छैनन् । खड्काले हाल गौशाला, नयाँबानेश्वर, पुरानो बानेश्वर क्षेत्रमा जुवा खेलाउँदै आएका छन् । यस्ता अखडामा राजनीतिककर्मी देखि सेना, प्रहरी र निजामती कर्मचारीका हाकिमसमेत भेटिदै आएका छन् । 

प्रहरीबाट बच्न जुवाडेहरूले अखडाको नाम ‘प्रिपेड मोबाइल’ बताउने गरेका छन् । त्यस्तै, बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलिमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । पार्किङको राम्रो ब्यबस्था भएको बंगलामा किचेन र बारसहितको सेवा सुविधासहित दिएर ब्यबसायिक रुपमै यस्ता अखडाहरू सञ्चालनमा आउन थालेका छन् । 

Post a Comment

0 Comments