Subscribe Us

पैसा छाप्ने मेसिनमा १६ अर्बको खेल
छिरिङको निधनपछि भट्टको चल्तीफूर्ति



प्रहरीको ठेक्कामै विवादमा आउने गरेका दिपक भट्ट अहिले पैसा छाप्ने मेसिनको भ्रष्ट खेलको अगाडी देखा परेका छन् 

काठमाडौं । २६ अर्बमा खरिद गर्ने तय भएको सेक्युरिटी प्रिन्टिङ प्रेस (नोट छाप्ने मेशिन) मा नीतिगत तहदेखि नै १६ अर्ब भ्रष्टाचार हुने निर्णय गरिएको छ । अब, सो मेशिनको खरिद दाम ४२ अर्ब निर्णय गरिएको छ । फ्रान्सबाट खरिद गर्न लागिएको उक्त सेक्युरिटी प्रिन्टिङ प्रेस सुरुमा २६ अर्ब रुपैयाँ लागत तय गरिएको थियो । यसको लागत बढाउने निर्णयमा १६ अर्ब घोटाला हुने भएपछि विवादीत ठेकेदारले चल्तीफूर्ति देखाउन थालेका छन् ।  

एक महिना अगाडी सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण गृहकार्य व्यापारी आङछिरिङ शेर्पाले गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका छिरिङले उक्त प्रेस फ्रान्ससँग गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) मार्फत  खरिद गराउने चाँजोपाँजो मिलाएका थिए । १५ फागुनमा ताप्लेजुङको पाथिभराबाट फर्किदै गर्दा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र व्यापारी शेर्पाको दुर्घटनामा निधन भयो । सोही दिन शेर्पा सेक्युरिटी प्रेस खरिदको लागि फ्रान्स जान लागेका थिए । उनले गृहकार्य गरेको सेक्युरिटी प्रेस खरिद जीटुजीमार्फत भए पनि त्यसमा सहजकर्ता (एजेन्ट) का रुपमा शेर्पा नै थिए ।

शेर्पाको निधन पश्चात सेक्युरिटी प्रिन्टिङ प्रेसको एजेन्टका रुपमा सञ्चारमन्त्री गोकुल बास्कोटाले विवादित ठेकेदार दिपक भट्टलाई अगाडी सारेर २६ अर्बमा खरिद गर्न लागेको बताइएको छ । सेक्युरिटी प्रेस खरिदवापत एजेन्टले निश्चित प्रतिशत कमिसन पाउँछन् । १ प्रतिशत कमिशन पाउँदा पनि भट्टले ४२ करोड पाउनेछन् । दुई प्रतिशत पाए ८४ करोड हुनेछ । काम गर्ने कालु मकै खाने भनेझैं आङछिरिङ शेर्पाले दुःख गरे, भट्टले फल खान पाउने भए भन्ने चर्चा सञ्चार मन्त्रालयका कर्मचारीहरूबीच हुने गरेको छ ।

मन्त्री बास्कोटाका अभिन्न मित्र तथा उनलाई मन्त्री बनाउन ठूलो भूमिका खेलेका शेर्पाको निधन हुने वित्तिकै उनले लिन खोजेको सेक्युरिटी प्रेसको एजेन्ट खोसिएको हो । मन्त्रीले शेर्पाको निधनपछि उनको विगतको गुण र सहयोग चटक्कै भुलेर विवादित ठेकेदार भट्टलाई एजेन्टमा छिराएका छन् ।

भट्टले कमिसनबापत आउने रकमको ५० प्रतिशत मन्त्री बास्कोटालाई दिने कबोल गरेको स्रोतको दाबी छ । नोट, चेक र सरकारले प्रयोग गर्ने स्टिकरहरू अब नेपालमै छपाई हुने भएको छ । नोटदेखि स्टिकर छपाईका लागि मात्र सरकारको वार्षिक १० अर्ब रकम विदेशिने गरेको तथ्यांक छ । निजी क्षेत्रले समेत छपाई गर्ने कागजातको हिसाव गर्दा वार्षिक १६ अर्ब रकम विदेशिने गरेको छ ।

नेपालमै सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना हुनु राम्रो कुरा हो । यसले सरकारको मात्रै १० अर्ब विदेशिनबाट जोगाउने छ । निजी क्षेत्रले समेत नेपालमै छपाई गरेको खण्डमा १६ अर्ब रकम विदेशिनबाट जोगिनेछ । प्रेस स्थापना हुनुलाई सकारात्मक रुपमै लिनुपर्ने हुन्छ । 

त्यसैगरी नेपालले आफ्नै भूउपग्रह (स्याटेलाइट) का लागि पनि दिपक भट्ट नै एजेन्ट हुन् । यसमा पनि ठूलो रकमको चलखेल भएको दावी स्रोतको छ । भट्ट तिनै व्यक्ति हुन्, जसले राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढिगण्डकी जलविद्युत आयोजनामा चीनमा कालोसूचीमा परेको चाइना गेजुवा कम्पनीलाई भित्राउने ठूलो चलखेल गरेका थिए ।

बामदेव गौतम गृहमन्त्री भएको बेला आफुलाई बामदेवका धर्मपुत्र बताउने ठेकेदार भट्टले गोलीसहित, रबरको गोली, दंगा नियन्त्रण गर्ने गाडि, अश्रुग्यास, वाटरक्याननलगायतका सामानहरू खरिद गराएका थिए । 

को हुन् भट्ट ?
दिपक भट्ट चतुरभुज भट्टका छोरा हुन् । भट्टको पेशा ठेकेदारी हो भने त्यसैको आडमा भट्टले नेपाल प्रहरी, सशस्त्रलगायतका सुरक्षा अंगमा लत्ताकपडा, राशन र हतिायारलगायतका सामाग्री सप्लाई गर्दै आएका छन् । भट्टले आफ्नो बाबु चतुरभुज भट्टको पूर्खौली काम सम्हालेका हुन् ।

चतुरभुज भट्ट कृषि सामाग्री संस्थानका महाप्रबन्धक थिए । चतुरभुज भट्टले १५ वर्ष अगाडि नेपाल सरकारले रसायनिक मल खरिदका लागि कृषि सामाग्री संस्थानलाई दिइएको १२ करोड ५० लाख मध्ये २ करोड ५० लाख रुपैयाँ बराबरको मात्र मल झिकाई १० करोड पचाएका थिए ।

पछि चतुरभुजमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि एक महिना थुनिएका थिए । थुनामै रहेका बेला तत्कालिन अख्तियारको प्रमुख आयुक्त स्व. माधवदत्त भट्टलाई २ करोड दिन सफल भएपछि चतुरभुजले सो मुद्दाबाट सफाई पाएका थिए । तिनै चतुरभुजका छोरा दिपक भट्ट यतिखेर घुस लिएर काम मिलाउने दलालका रुपमा नेपाल प्रहरी, सशस्त्र र ठूला आयोजनामा चर्चित बनेका छन् ।

Post a Comment

0 Comments