Subscribe Us

प्रधानाध्यापक नियुक्तिमा संचालक समितिले किर्ते गरेको आरोप


काठमाडौं । काठमाडौंको वानेश्वरस्थित रत्नराज्य माविको संचालक समितिले शिक्षा नियमावलीविपरित निमित्त प्रध्यानध्यापक नियुक्त गरेको खुलासा भएको छ । विद्यालयमा कार्यरत मावि प्रथम श्रेणीका शिक्षक कृपाश्वर खड्कालाई वाइपास गर्दै समितिले विद्यालयमा कार्यरतमध्ये चौँथो वरियतामा रहेका जीवनप्रकाश शर्मालाई निमित्त प्रधानध्यापक बनाएको पाइएको हो ।

असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गर्दै संचालक समितिको मनपरीतन्त्रको पर्दाफास गरेको हो । प्रधानध्यापक गिता खरेल उमेरहदका कारण सेवा निवृत्त भएपछि समितिले नियमावलीविपरित निमित्त प्रअ नियुक्त गरेको हो । पत्रकार सम्मेलनमा निमित्त प्रअका दाबेदार कृपाश्वर खड्काले नियमअनुसार काठमाण्डौ महानगरपालिकाले आफुलाई निमित्त प्रअको चिठी दिइसकेको र सोही चिठीअनुसार महानगरको १० नम्बर वडाले समेत कार्यान्वयन गराउन खोज्दा जीवनप्रकाश शर्मा पक्षधर समितिले मनलाग्दी गरेको आरोप लगाए ।

महानगर र वडाले शिक्षा नियमअनुसार नै खड्कालाई निमित्त प्रअ बनाएको १० नम्बरका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिएका छन् । यता महानगरकी शिक्षा अधिकारी निर्मला केसीले खड्कालाई निमित्त प्रअ बन्नका लागि आवश्यक सबै मापदण्ड र नियम पुगेको पाइएको भन्दै १० नम्बर वडालाई पत्र पठाएकी थिइन् ।

स्थानीय निकायले गरेको नियमअनुसारको कामसमेत समितिले लागु हुन नदिएकोमा १० नम्बर वडाका अध्यक्ष केसीले आक्रोषसमेत पोखेका छन् । बलमिच्याई गरेर समितिले अर्को व्यक्तिलाई निमित्त प्रअ बनाउनु दुखद भएको उनले बताए । अहिले महानगर र वडाले नियमअनुसार खड्कालाई निमित्त प्रअको जिम्मेवारी दिए पनि संचालक समितिको दादागिरीमा कार्यान्वयन हुन सकेको छैन ।

वडाध्यक्ष केसीले महानगरको शिक्षा ऐन केही फरक भएकाले अब कानुनविद्सँग थप छलफल गरेर अगाडि बढ्नुपर्ने बताए । वडाध्यक्ष केसीले समितिले किर्ते हस्ताक्षर प्रयोग गरेर चौथो वरियताका शिक्षक जीवनप्रकाश शर्मालाई निमित्त प्रअ बनाएको पनि खुलासा गरे । समितिको बैठकमा २ वटा निर्णयका लागि प्रस्ताव तयार पारेर हस्ताक्षर गर्न लगाएको तर पछि ५ वटा निर्णय गरिएको केसीले बताए । शर्मालाई निमित्त प्रअ बनाउने निर्णयमा आफूले हस्ताक्षर नगरेको केसीले दावी गरे ।

यसैबीच पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफू विरुद्ध अफवाह फैल्याइएको भन्दै आपत्ती जनाएका छन् । आफू पनि वानेश्वरको स्थानीय बासिन्दा भएको नाताले पदस्थापनमा गएको तर कसैमाथि आफूले अभद्र व्यवहार नगरेको उनले स्पष्ट पारेका छन् । यसअघि खरेलको नेतृत्वमा विद्यालय पुगेको एक समुहले प्रअ नियुक्ति विवाद झन उग्र बनाएको आरोप पनि लगाइएको थियो ।

Post a Comment

0 Comments