Subscribe Us

अब्बल डिआइजी विवादमा तानिँदा...


काठमाडौं । नेपाल प्रहरीमा व्यावसायीक प्रहरी अधिकारीका रुपमा चिनिएका डिआईजी शैलेश थापा र निरज शाही पछिल्लो समय विवादमा तानिएका छन् । प्रहरी संगठनलाई बदनाम गराउँदै आएका केही प्रहरी अधिकृतको ईसारामा चल्दा अहिले व्यावसायीक प्रहरीको छवी बनाएका डिआईजीद्वय विवादमा तानिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) मा कार्यरत शाही र महानगरीय आयुक्तको कार्यलयका प्रमुख थापा नेपाल प्रहरीमा एक सक्षम र व्यावसायीक प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

७२ हजार प्रहरी संगठनमा व्यावसायीक प्रहरी अधिकारीको नाम लिदा पहिलो नम्बरमा डिआईजी थापा र दोस्रो नम्बरमा शाही पर्छन् । तर आयुक्त प्रमुख थापा र सिआईबी प्रमुख शाहीको पछिल्लो कार्यसम्पदानमा प्रश्न उठ्यो ।

पोखराका पत्रकार अर्जुन गिरी पक्राउको बिषयलाई लियर सिआईबीका प्रमुख शाही बिबादमा धकेलिए । जघन्य घटनाको अनुसन्धान गर्न गठित सिआईबीमा डिआईजी शाहीले कार्यभार सम्हालेको ६ महिना बितिसक्दा पनि कुनै माखो मार्न सकेका भने छैनन् ।

उता आयुक्त कार्यालयका डिआईजी थापा बृत्तका डिएसपीहरुले मनपरि गरे पनि कानुनी दायरमा ल्याउन अक्षम बनिरहेका छन् । दरबारमार्ग वृत्तमा तत्कालिन डिएसपी दानबहादुर मल्लले गुण्डाको अखडा नै बनाए पनि उनले स्पष्टिकरण सोध्न सकेनन् ।

महाराजगञ्जमा चर्कीएको २३ लाख काण्डले उग्र रुपमा लिदा उनले डिएसपीलाई बचाउन खोजेको भूमिका पनि शंकास्पद देखिन्छ । ईन्सपेक्टर दिनेश भण्डारीले पैसा लिएको पाटो प्रमाणित नभए पनि व्याहारीक पाटो भने स्पष्ट छ । उक्त काण्डमा भिक्टिम भएका पीडितले आफ्नो २३ लाख पैसा मुद्दा मिलाईदिन्छु भन्दै लिएको गुनासो लिएर पुगेका व्यक्तिलाई उल्टै गाली गरेर बृत्तबाट निकाल्ने डिएसपी फडिण्द्र प्रसाईको उक्त पैसामा भाग भण्डा छैन भन्ने आधार भेटिदैन ।

आफ्नो वृत्तमा चर्कीएका उक्त काण्डमा उनले स्वयम् छानबिन गरी सत्यतत्थ पत्ता लगाउनु पथ्र्याे । तर उनले त्यसो गरेनन् । यस्ता प्रहरी अधिकृतलाई अहिले डिआईजी थापाले राम्रो भनेर प्रशंशा गर्दै आएका छन् । उनको सचिवालयमा रहेका प्रहरी निरक्षक सुवास गुरुङले डिआईजी थापालाई घुमाउँदै आएको स्रोत बताउँछ । काम भन्दा चाकडीबाचको नामले प्रहरी सर्कलमा चिनने गुरुङ जागिर खाएदेखि काठमाडौं नछाड्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

जागिर अबधिभर लेखामा बसेका गुरुङले भ्रष्टाचार गरेको पैसाले धापासीमा साँढे तीन तले घर बनाएका छन् । पूर्व प्रहरी अधिकृत उपेन्द्रकान्त अर्यालको पालामा रौतहट सरुवा भएपछि १७ महिना जागिर छाडेर बसेका गुरुङले पुनः आफू अनुकुल भएपछि जागिर जोडेका थिए ।

हाल रानीपोखरीको ईन्टेलिजेन्स शाखामा कार्यरत गुरुङले डिआईजी थापालाई त्यहाँ कार्यरत अन्य प्रहरीको गलत रिपोर्टिङ गर्दै कारवाही गराउन उद्दत छन् । केही माफिया, दलाल र भ्रष्ट प्रहरीको मिलोमतोमा गुरुङले व्यावसायीक प्रहरी अधिकारीका छबिमा दाग लगाउँदै आएका छन् । गुरुङ जस्ता प्रहरी अधिकृतको कुरा सुनेर डिआईजी थापाको गलत निर्णयका कारण केही प्रहरी अधिकारीको मोरल डाउन भएको छ ।

जसका कारण व्यावसायीक प्रहरी अधिकारीको छवि बनाएका थापा पछिल्लो समय बिबादि बन्दै गएका छन् । भावी आईजीका प्रमुख दाबेदारका रुपमा देखिएका थापा एक नम्बरका डिआईजी हुन् ।

Post a Comment

0 Comments