Subscribe Us

ठेकदारलाई धम्किआएपछि सेन्टरजेलबाट लखेटिए तिन डन

काठमाडौं । हत्या र लागूऔषध तथा ज्यानमार्ने उद्योगमा जेलमा रहेका तिन कुख्यात डनको कारण सुरक्षा चुनौती थपिएको छ । निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्ने मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेत, लागूऔषध मुद्दाका सुजन पौडेल उफ रमेश बाहुन र नेपालगंजका चेतन मान्धरको हत्यारा रिगल ढकालको समूह फेरि सक्रिय भएपछि काठमाडौं र केही व्यापारीक जिल्लामा सुरक्षा चुनौती थपिएको हो । 

केन्द्रिय कारागारमा रहेका यि तिन डनको योजनमा राजधानीका केही निमार्ण व्यवसायिको हत्या योजना बनेको सुचना गृहमन्त्रालय सम्म पुगेपछि तिन डनलाई केन्द्रिय कारागार सुनधाराबाट अलग अलग गराईएको छ । केन्द्रिय कारागारको गोल घरमा रहेका बस्नेतलाई सेन्टरजेल कै दोस्रो ब्लक भद्रमा सरुवा गरिएको छ । भद्रमा बस्नेत कै ग्याङका लोप्साङ लामा, रोशन बुढाथाकी छन् ।  रिगललाई मकानपूरको भिमफेदी सरुवा गरिएको छ । 

बाहुलाई भने केन्द्रिय कारागारमै राखिएको छ । बिगत एक महिना देखी केही निमार्ण व्यवसायिलाई धम्किपूर्ण तरिकाबाट फोन आउन थालेको थियो । नख्खु कारागारमा बस्नेतका मुख्य सुटर भनिएका लोप्साङ लामा पनि छन् । २३ असोज २०७४ मा बस्नेतको निर्देशनमा व्यवसायी गौचनको गोली प्रहारबाट हत्या भएको थियो । 

तत्कालिन समयमा जसरी बस्नेतको समुहले निर्माण व्यवसायीमाथि ज्यान मार्ने धम्की दिएर मोटो रकम असुल्दै आएका थिए । अहिले पुनःसोही शैलीमा निर्माण व्यवसायीमाथि धम्किपूर्ण फोन आएको उजुुरी गृहमन्त्रालयसम्म पुगेको छ । उक्त फोनको अनुसन्धानगर्दा यहि तिन डनको योजना भएको पुष्टि भएपछि गृहमन्त्रालयले कारागार हेरफेर गरेको हो । तर भद्रमा बस्नेतका सुटरसँग पुन भेटघाट भएको छ । जसका कारण सुरक्षा चुनौती थपिने संभाबना बढेको छ ।  बस्नेतका अन्य सुटर श्याम गुम्मे र अम्मर राणामगर भने ललितपूरको नख्खु कारागारमा छन् । 

Post a Comment

0 Comments