Subscribe Us

भारतले राजसंस्था फ्याँक्न के–के गरेको थियाे ?
मदन भण्डारी नमानेपछि प्रचण्ड तुरुप !


काठमाडौं । नेपालको सार्वभौमिकता र राष्ट्रिय मेलमिलाप भत्काउनका लागि भारतीय प्रशासनले कम्युनिस्ट विचारलाई प्रभावकारी हतियार बनाएका तथ्यहरू सार्वजनिक हुन थालेका छन् । तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गान्धीले नेपाललाई भारतमा बिलय गराउनका लागि राजा महेन्द्रलाई गरेको प्रस्ताव ठाडै अस्वीकार भएपछि भारतीय प्रशासनले नेपालको राजसंस्थामाथि कुटनीतिक आक्रमणको नीति अख्तियार गरेको थियो ।

नेपाली कांग्रेसका तत्कालिन नेता वीपी कोइरालामार्फत नेपाललाई प्रयोगशाला बनाउने रणनीतिमा असफल भएपछि भारतीय प्रशासनले उदाउँदो कम्युनिस्ट विचारधारालाई हतियार बनाउन थालेको थियो । यो निरन्तरता दिएको भारतीय प्रशासनले नेपालमा सुरक्षाकर्मी छिराएर सिक्किम बनाउने रणनीति कम्युनिस्टमार्फत नै प्रस्ताव गरेको खुलासा पुराना नेताहरूले गरेका छन् । 

झापा आन्दोलनबाट उदाएका नेता राधाकृष्ण मैनालीले भारतको त्यस्तो मनसायका प्रस्ताव तत्कालिन माक्र्सवादी लेलिनवादी (माले)को केन्द्रीय कमिटिमा माधवकुमार नेपालमार्फत पुराएको दाबी गरेका छन् । जुन प्रस्तावलाई तत्कालिन माले महासचिव मदन भण्डारीले ठाडै अस्वीकार गरेका थिए । 

नेपालमा जिउँदो कार्ल माक्र्सको संज्ञा पाएका भण्डारीमार्फत कम्युनिस्ट आन्दोलनलाई फराकिलो बनाएर आफूअनुकुलतामा निर्णय  गराउने प्रस्ताव भारतीय पक्षले गरेका थिए । तर, भण्डारीले सोही संकेत पाएका आधारमा राजसंस्था कायम राखेरै भए पनि नेपालमा कम्युनिस्ट आन्दोलन र वर्गमुक्ति कायम गराउने अभियान गरेका थिए । त्यसैले भण्डारीले गरेका कतिपय भाषणमा पनि राजाले जनताको अधिकार नचलाउने भए उक्त संस्था राख्न सकिने तर दलाल सामन्तवाद र सर्वसत्तावादीका अंश अनेक प्रकारमा रह्यो भने खतरा हुनेबताएका थिए । 

सोही बेला भण्डारीलाई भारतले विभिन्न कोणबाट दबाब दिने काम रोकेको थिएन । ०५० सालमा उनको त्रिशुलीमा गाडी खसेपछि निधन भयो । कतिपयले उक्त घटनालाई नियोजित हत्या भनेका छन् । त्यसपछिका समयकालमा पार्टी नेतृत्वमा आइपुगेका नेपालले उक्त घटनाको छानबिनका लागि कुनै पहल नै नगरेको भनी आलोचना भएको थियो । तत्कालिन एमाले अहिले माओवादीसँगको मिश्रणमा नेकपा हुँदासम्म उक्त घटनाको छानबिनको विषय उठाएको छैन । 
प्रचण्ड तुरुप कसरी ?

नेपालको प्रशासनलाई आफ्नो सीमारेखाभित्र राख्नका लागि भारतले गरेको प्रस्ताव तत्कालिन राजा वीरेन्द्र शाहले नमानेका कारण नेपालमा माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, डा. बाबुराम भट्टराई कार्डलाई सिस्टम ब्रोकरबनाउने रणनीतिमा आधारमा जनयुद्धकालदेखि नै भारतसँग सम्बन्ध रहेको विभिन्न प्रकरणले खुलाएको छ । 

जनयुद्धका बेला तत्कालिन माओवादीका हाइप्रोफाइल नेताले भारतमा आश्रय पाउनु मुख्य कारण यहि बनेको राजनीतिक जानकारहरूले विश्लेषण गरेका छन् । त्यसो त नेपालमा राजसंस्था हटाउने सन्दर्भको आवाज त्यसबेलैदेखि माओवादीभित्र पनि डा. बाबुराम भट्टराईले उठाएका थिए । तर, उनलाई विस्तारवादीको ट्याग भिराएर प्रचण्डले कारबाही पनि गरेका थिए । त्यसबेलासम्म प्रचण्डलाई भारतीय कुटनीतिक अधिकारीले सम्पर्क बढाएका थिएनन् । प्रचण्ड मूलधारको सत्तामा आउनका लागि निरन्तर दरबारसँगको सम्पर्कमा रहँदा बाबुराम भट्टराई भने भारतीय सम्पर्कमा थिए । सोही अन्तरविरोधबीच माओवादीभित्र ठूलो हलचल मच्चिएको थियो । 

माओवादी जनयुद्ध भारतविरोधी कित्तामा रहेका कारण बाबुरामलाई बन्दी बनाउने प्रचण्डको निर्णयमा अन्य सदस्यको सहमति रहेको थियो । तर उक्त प्रकरणबाट रिसाएका भारतीय कुटनीतिज्ञले हतियार रोक्ने र भारतमा रहेका माओवादीका सबै नेता कार्यकर्ता पक्राउ गरी सरकारलाई बुझाउने धम्की दिएपछि प्रचण्ड हच्किएका पूर्वमाओवादी नेताहरूले बताएका छन् । त्यसपछि भारतले प्रचण्डलाई नै आफ्नो नेपाल कार्ड बनाउने खेलमा बोलाएको खुलासा हुन थालेका छन् ।

नेपालमा दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित सबै परिवारको हत्या भएपछि राजनीति फरक डिस्कोर्समा पुगेपछि तुहिनसक्ने माओवादी जनयुद्धलाई ट्रयाकमा ल्याउन प्रचण्ड भारतसँग हात मिलाउन राजी भए । त्यसैपछि माओवादीले राजसंस्था हटाउने एजेन्डा बैठकहरूमा छिराएर सर्कुलर जारी गर्न थालेको थियो ।

१२ बुँदेको चाँजोपाँजो र भारतीय सुरक्षाकर्मी विमानस्थलमा राख्ने प्रस्तावसम्म   
दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले माओवादीसँग वार्ता गरी शान्ति स्थापना गर्ने र राजतन्त्रलाई सक्रिय बनाउने उद्देश्यले काम थालेका थिए । जसको बाधक भारतीय प्रशासक नै बनेको तत्कालिन राजनीतिज्ञहरू बताउँछन् । भारत रुष्ट रहेका कारण राजा ज्ञानेन्द्रले चीनको कुटनीतिक सहायता लिने कोशीश गरेका थिए । त्यसबेलासम्म विद्रोही भनिने माओवादीसँग भारतीय कुटनीतिज्ञको दबाबको प्रभाव परिसकेको थियो ।

सोही बीचमा माओवादीको दुई लाइन संघर्षमा यताउता खेलीरहेका प्रचण्डले विस्तारवादी कित्ताको विरोध छाडेर डा. बाबुराम भट्टराईसँग मिल्ने निर्णय गरे । यसपछि माओवादीभित्र हार्डलाइनर कित्ताले कारबाहीको सामना गर्नुपर्ने अवस्था आयो । सोही शिलशीलामा चुङवाङ बैठकसम्म पुग्दा डा. भट्टराईलाई स्थायी कमिटीमा फर्काएर हार्डलाइनर मानिने रामबहादुर थापा बादललाई कारबाहीको प्रस्ताव भएको थियो । जसको विषयमा बादलले दिएको स्पष्टोक्तिको भिडियो प्रमाण सार्वजनिक भइसकेको छ भने प्रचण्डको रणनीतिक भाषण पनि सार्वजनिक भएको छ । 

त्यसमा बादलले भनेका छन्,‘के म लिनप्याओ हो त ?’ उनले उक्त भाषणमा मगर हुनु र ब्राम्हण हुनुको चेतको फरक आँकलनको उदाहरण दिँदै आत्मआलोचनाका हिसाबले पनि प्रस्तुती गरेका छन् ।
दरबार हत्याकाण्डपछि रिसाएका नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले लोकतान्त्रिक आन्दोलनको घोषणा गरी सडकमा जाने निधो गरेका बेला भारतीय प्रशासनले राजा फ्याँक्ने सही मौका छोेप्यो । सोही बेला उसले मध्यस्तता गरी १२ बुँदे समझदारी नयाँ दिल्लीमा भयो । जबकि, उक्त समझदारीको विरोध गर्ने वा हुन नदिने तत्कालिन माओवादीका नेताद्वय मोहन वैद्य र सीपी गजुरेललाई जेलमा राखेको थियो । समझदारी भएपछि उनीहरूलाई छाडिएको थियो । 

भारतकै प्रस्तावका आधारमा शान्ति प्रक्रियामा आएको माओवादीलाई तत्कालिन पुर्नस्थापित प्रतिनिधि सभामा दोस्रो पार्टी रहेको एमाले सरहको सांसद संख्या दिइएको थियो । अलोकतान्त्रिक हिसाबले निर्वाचित नगरी माओवादीलाई त्यसरी संसदमा ल्याउनुको वैधानिकतामाथि पनि प्रश्न गरिएको थियो । 

त्यसैबेला राजसंस्था फ्याँक्ने घोषणा भएको थियो । तर, त्यसको अनुमोदन भने जननिर्वाचित व्यवस्थापिका संसदले गर्ने भनियो । पहिलो संविधानसभाको निर्वाचन सम्पन्न हुनासाथ राजसंस्था सदाका लागि फ्याँक्ने विदेशी एजेन्डा कार्यान्वयनमा आएको राजावादीहरू बताउँछन् । उक्त विषय अवैधानिक हिसाबले निर्णयमा पुराइएको राप्रपाका अध्यक्ष कमल थापाले पटकपटक भनेका थिए । 

शान्ति प्रक्रियामा आएपछि प्रचण्डले भारतसँग गरेका कतिपय सहमतिविरुद्ध चीनसँगको निकटता कायम राखे । सोही बेला तत्कालिन चिनियाँ राष्ट्रपति हु जिन्ताओले उनलाई महत्व दिएका थिए । यसबाट रुष्ट भारतले माओवादीको राजनीतिक ग्राफ बुझ्नका लागि तत्कालिन नेपालका लागि भारतीय राजदूत राकेश सूदलाई विभिन्न जिल्ला दौडाहाका लागि खटाएको थियो । सूद माओवादीप्रति निक्कै आक्रामक देखिँदै नेपाल दौडाहामा सक्रिय रहनुको कारण पनि त्यहि थियो । 

त्यसै बेला भारतसँग दूरी बढेपछि प्रचण्डले सार्वजनिक कार्यक्रममा तत्कालिन माले महासचिव भण्डारीको हत्या संकेत गर्दै आफूलाई पनि त्यसै गर्न लागिएको भन्ने गरेका थिए । उनलाई तत्कालि सरकारबाट पनि ठूलो सुरक्षा घेरा प्रदान गरिएको थियो । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘वास्तवमा राजसंस्था फ्याँक्ने र हिन्दु राज्य नामेट गर्ने एजेन्डा नेताले पाएका थिएनन्, उनलाई संविधान बनाउने एजेन्डामात्र थियो ।

फेरिएको भारत कुटनीतिको प्रभाव 
उक्त राजनीतिक परिवर्तन भारतीय प्रशासनमा गुप्तचर संस्था रिसर्च एन्ड एनालाइशीश विङ्सको रिपोर्टका आधारमा भइरहेको थियो । तर, २०१४ मा भारतीय राजनीतिमा अनौठो परिवर्तन आएपछि त्यहाँका विभिन्न संस्थामा देखिएका परिवर्तन र प्रभावकारीताका कारण नेपालको राजनीति पनि प्रभावमा परेको थियो । 

भारतीय जनता पार्टी अत्यधिक बहुमतमा आउनुका साथै प्रधानमन्त्रीमा नरेन्द्र मोदी आएपछि रअलाई कमजोर र आइबीलाई सक्रिय बनाए । राजनीतिक तहमा नै कुटनीतिक सम्बन्धका निर्णय गर्न थालिएपछि नेपालमा सुस्ताएको राजसंस्थाको आन्दोलनले बल पुरायो । राजसंस्था मोदी प्रशासनको प्रधान एजेन्डा नभए पनि नेपालका अभियन्ताले हिन्दु धर्मको मुद्दासँग राजसंस्थालाई झुन्डाएर अघि बढाए । जसको बिम्बका रूपमा भारतीय प्रशासनले स्वीकार गरेको थियो र, उसले पूर्वराजा ज्ञानेन्द्रलाई उच्च तहको सम्मान र स्वागत गरिरहेको छ । 

Post a Comment

0 Comments