Subscribe Us

आगलागीको घटना बढेपछि नियन्त्रण,उद्दार तथा राहतका कृत्रिम अभ्यास गराउँदै जिल्ला प्रमुख गैह्रे

वैशाख १७, प्यूठान । जिल्ला विपद व्यवस्थापन समीति प्यूठानको आयोजनामा प्यूठान नगरपालिकाको विजुवारस्थित खेल मैदानमा आगलागी घटनासम्बन्धी कृत्रिम व्यवहारिक अभ्यास सञ्चालन भएको छ । आगलागीका कसरी हुन्छ, आगलागी पश्चात उद्दार तथा राहतका प्रकृया कसरी हुन्छ, घटनाको सूचना संकलन देखि उद्दार, राहत तथा पुनस्थापनामा कुन कुन निकायको के कस्तो भूमिका रहन्छ रआगलागीका घटनाबाट बच्न व्यक्ति, परिवार तथा समुदाय कसरी सचेत रहनुपर्दछ भन्ने जस्ता विषयबस्तुलाई समेटेर सबै क्रियाकलाप प्रत्यक्ष रुपमा अभ्यास गरेर देखाइएको थियो । 

प्यूठान जिल्लाका सरुमारानी, नौबहिनी लगायतका स्थानीय तह आगलागीबाट बढि जोखिममा रहेको र हरेक बर्ष ठूलो धनजनको क्षति हुने गरेको हुँदा जनचेतना फैलाउने तथा विपदका घटना व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले व्यवहारिक अभ्यास सञ्चालन गरिएको कुरा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । 

यस आर्थिक बर्ष २०७५।०७६ को वैशाख १५ सम्म मात्रै प्यूठान जिल्लामा आगलागीका ८२ वटा घटना भएका र उक्त घटनाबाट २ जनाको मृत्यू र करिब २ करोड भन्दा बढीको आर्थिक तथा भौतिक क्षति भएको कुरा प्रजिअ गैह्रेले बताउनुभयो । उहाँले विपदका घटना घटिसकेपछि जतिसक्दो छिटो उद्दारको व्यवस्था मिलाइदै आएको, त्यसका लागि सबै सुरक्षा निकायमा व्यवस्था मिलाइएको, सूचना आदानप्रदानमा स्थानीय तहसँग समन्वय गरिएको, जतिसक्दो छिटो सकेसम्म घटनास्थलमा नै पुगी तत्काल राहत दिने व्यवस्था मिलाईएको बताउनुभयो । 

प्यूठान जिल्लाका झिमरुक तथा माडी नदि आसपासका बस्तिहरु बाढिबाट जोखिममा रहेको साथै नोबहिनी र गौमुखी गाउँपालिकाहरु पहिरोबाट बढी जोखिममा रहेको बताउँदै प्रजिअ गैह्रेले समग्र विपद व्यवस्थापनका लागि स्थानीय तहहरुसँग समन्वय गरी कार्य भइरहेको, जिल्ला विपद व्यवस्थापन समितिको बैठक नियमित बसी विपद जोखिम न्यूनीकरण, पूर्व तयारी तथा उद्दार एवं राहतका क्षेत्रमा केही प्रगतिहरु भएको र आगामी दिनमा खासगरी पहिरोबाट जोखिम स्थानहरुमा वस्ती स्थानान्तरण गर्नुपर्ने, बाढिको पूर्व चेतावनी प्रणाली स्थापना गर्नुपर्ने, विकास निर्माण गर्दा विपद जोखिम मूल्यांकन गरेर मात्रै गर्नुपर्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नपर्ने, विपदका घटनाको तत्काल उद्दारका लागि सुरक्षाकर्मी पुग्न समय लाग्न सक्ने हुँदा स्थानीयस्तरमा नै विपद प्रतिकार्य दलहरु गठन गरी आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने लगायतका आवश्यकता रहेको बताउनुभयो ।

आज सञ्चालित कृत्रिम व्यवहारिक अभ्यासमा जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधहरु, सुरक्षाकर्मीहरु, विद्यालयका विद्यार्थीहरु तथा स्थानीय सर्वसाधारण गरी कम्तिमा १२०० जनाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम प्यूठान नगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिविभजन बन कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका निकाय तथा संघसंस्थाको प्राविधिक सहयोग तथा व्यवस्थापनमा सञ्चालन भएको थियो 




Post a Comment

0 Comments