Subscribe Us

महाशाखामा थापा, परिसरमा सुवेदी, एक दर्जन एसपीहरू सरूवाको लाइनमा


सहदेव थापा ।
काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी उत्तमराज सुबेदी र अपराध महाशाखामा सहकुल थापालाई सरुवा गरेको छ ।

काठमाडौं परिसरका एसएसपी बसन्त लामालाई लागू औषध नियन्त्रण व्युरोमा सरुवा गरिएको छ भने महाशाखाका सिंहलाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको तालिम सेवा निर्देशनालयमा सरुवा गरिएको छ । परिसरमा सरुवा भएका सुबेदी प्रहरीका प्रबक्ता थिए । 

त्यस्तै अपराध महाशाखाका प्रमूखमा सरुवा भएका थापा एक नम्बर प्रदेशको तालिम केन्द्रमा कार्यरत थिए । थापालाई अपराध महाशाखामा लामो समय काम गरेको अनुभव छ । आईजीपी सर्वेन्द्र खनाल महाशाखा प्रमूख रहँदा एसएसपी थापा त्यहाँ एसपीको भूमिकामा काम गरेका थिए ।
उत्तम सुवेदी ।

उता नेपाल प्रहरीमा व्यवसायिक प्रहरी अधिकृतका रुपमा चिनिएका एसएसपी सुबेदीले यस अघि जनकपुर र सर्लाही जस्तो सुरक्षाको दुष्टिकोणबाट संवेदनशील मानिएको जिल्लाको कमाण्ड सफलतासाथ गरिसकेका छन् । जनकपुरमा संजय टक्लाको गुण्डागर्दीलाई एसएसपी सुबेदीले नियन्त्रण गर्दै एक दर्जनको ज्यान जाने गरी भएको बम बिस्फोट अभियोगमा भारतको दिल्लीबाट पक्राउ गरी ल्याएका थिए ।

उनले डिएसपी हुदै एक महिना कायम मुकाय भएर काठमाडौंको कमाण्ड समेत गरेका थिए । उनकै पालमा कोटेश्वरबाट १६ किलो सुन बरामत भएको थियो । सुबेदीलाई व्यसायीक प्रहरी अधिकृतका रुपमा हेरिन्छ । चार एसएसपीको सरुवासँगै केही एसपीको सरुवा तयारी पनि प्रधान कार्यालयले थालेको छ । स्रोतका अनुसार पर्सा, ईलाम, रुपन्देही, चितवन, कास्की जान एक दर्जन एसपी नेताको ढोका पुग्न थालेका छन् । तर प्रधान कार्यालयले भने व्यवसायीक प्रहरी अधिकृतलाई राम्रा र चुनौतीका रुपमा देखिएका जिल्लामा कमाण्ड दिन खोजेको छ ।

स्रोतका अनुसार पर्सामा सोमेन्द्रसिंह राठोर अथवा चन्द्रकुबेर खापुङ जाने सम्भावना बढेको छ । एकले पर्सामा बाजीमारे अर्कालाई सुनसरी दिने सम्भावना बढेको छ । राठोर अपराध महाशाखामा कार्यरत छन् भने खापुङ कर्मचारी प्रशासनमा । त्यस्तै पोखरा जान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत बिश्व अधिकारी र गत महिनामात्र बढुवा भएका नबराज अधिकारी लागेका छन् ।

उता आईजीपी सचिवालयमा कार्यरत एसपी दानबहादुर कार्की रुपन्देहीको लागि तयारी अवस्थामा छन् । ईलामा एसपी जर्नादन जिसीको सम्भावना बढेको छ । 

यसैगरी दानबहादुर मल्ल भने प्रचण्डको चुनावी जिल्ला चितवन जान लागेका छन् । मल्ल प्रचण्डकै सिफारिसमा एसपीमा बढुवा भएका थिए ।

Post a Comment

0 Comments