Subscribe Us

सेना बिरुद्ध रेष्टुरेन्टमा उफ्रिर्दा हेटक्वाटरमा

काठमाडौं । जिल्ला प्रमुखको आडमा सेनामाथी अपशब्द प्रयोग गरेको कारण संघिय प्रहरी कार्यालय बाँकेका एसपी सुरेन्द्र मैनाली मुख्यालयस्थित प्रहरी कल्याणकोषमा तानिएका छन् ।

उनको ठाँउमा कल्याणकोषका राजेशनाथ बास्तोला पुगेका छन् । रिसको आवेगमा मुख सम्हाल्न नसक्दा उनी प्रधानकार्यालय तानिएको स्रोत बताउँछ । बर्दियास्थित राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । 

निकुञ्जभित्र महेन्द्र राजमार्ग पर्दछ । चोरी शिकारीलगायतका क्रियाकलाप हुन भएकोले सेनाले निकुञ्जभित्रको राजमार्गमा ४ वटा चेकपोष्ट खडा गरी सुरक्षा चेकजाँच गर्दै आएको छ । 

हरेक सवारी साधनलाई सेना  चेकजाँच गर्दै निश्चित अबधिमा दुरी पार गर्न टाईम काड समेत लागू गर्दै आएको छ । सेनालाई  जिम्मेवारी बहन गर्नु उनीहरूको दायित्व र कर्तव्य पनि हो । यसैक्रममा एसपी सुरेन्द्र मैनाली एक निजी गाडीमा बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई लिएर निकुञ्जभित्र प्रवेश गरेका थिए । 

निजी गाडी भएका कारण सेनाले आफ्नो चेकपोष्टमा रोक्नु, सोधपुछ गर्नु र चेक गर्नु स्वाभाविक मात्रै नभएर जिम्मेवारी नै हो । सेनाले रोक्ने बित्तिकै एसपी मैनाली सेनासँग रुष्ट बन्न पुगे  र आबेगमा आएर चेकजाँचमा खटिएका सेनालाई गाली गलोज गर्दै निस्के । चेकपोष्टबाट निस्किएर एसपी मैनालीले निकुञ्जभित्रकै एक रेष्टुरेन्टमा सेनाविरुद्ध अपशब्द र अभद्र व्यवहार देखाएछन् जुन कुरा त्याहा खटिएका सेनाका जवानहरुले  निकुञ्जको सुरक्षामा खटिएका प्रमुख सेनानी चन्द्र चापागाईसम्म पु¥याए ।

एकातर्फ निजी गाडी अर्कोतर्फ रातो प्लेट वा सरकारी नम्बर प्लेटको भए पनि उक्त गाडीमा रिभल्भिङ लाइट नभएको त छँदैथियो त्यसबाहेक चेकपोष्टमा ‘भाइ म एसपी फलानो, सँगै सीडीओ सा’प पनि हुनुहुन्छ’ भनेको भए सायद ड्युटीमा रहेका सैनिक जवानले स्वभाविकरूपमा छोडिदिनसक्थे । 

तर, एसपी मैनालीले त्यस्तो कुनै कार्य गरेनन्, उल्टो निकुञ्जभित्रको रेष्टुरेन्टमा गएर सैनिक अधिकृतविरुद्ध नै उफ्रिएपछि उनी मुख सम्हाल्न नसकेकै कारण समय नपुग्दै सरुवा हुन बाध्य हुनुप¥यो । जिप्रकामा कार्यरत एक सिनियर अधिकृतका अनुसार एसपी मैनालीको सम्बन्ध देखावटीरूपमा प्रमुख जिल्ला अधिकारीसँग नजिकको देखिए पनि स्वयं सीडीओले उनलाई मन पराउँथेनन् । सशस्त्रका एसपीसँग पनि एसपी मैनालीको सम्बन्ध राम्रो थिएन । अन्ततः सेनासँगको यही विवादले मैनाली समय नपुग्दै बर्दियाबाट हट्नु परेको छ ।

Post a Comment

0 Comments