Subscribe Us

नेपाल प्रहरीका दुई ब्यूरो स्थापना, साइबर अनुसन्धान ब्यूराेमा डिआइजी र मानव बेचबिखन नियन्त्रण ब्यूरो एसएसपीकाे कमाण्डमा रहने

काठमाडौं । नेपाल प्रहरीले साइबर अनुसन्धान ब्यूरो भोटाहिटी
र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा साइबर अनुसन्धान ब्यूरो र मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै भोटाहिटी र बबरमहलमा ब्यूरो स्थापना भएको हो ।

गत वर्षको बजेट वक्तव्यमा दुई ब्यूरो स्थापना गर्न बजेट विनियोजन गरेसँगै प्रहरी प्रधान कार्यालयमा रहेका ब्यूरोले यही वैशाख २९ देखि भोटाहिटी र बबरमहलबाट सेवा प्रदान गर्न लागेका हुन् । हाल साइबर अनुसन्धान ब्यूरोमा ७० र मानव बेचबिखन नियन्त्रण ब्यूरोमा ६० दरबन्दी रहनेछ ।

साइबर अनुसन्धान ब्यूरोको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) र मानव बेचबिखन ब्यूरोको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Post a Comment

0 Comments