Subscribe Us

आफ्नै श्रीमतीलाई एसिड प्रहार गर्ने पक्राउ


काठमाडौं । राजधानीको कालोपुलमा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार साँझ  युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारीबाट काभ्रेका २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका हुन् ।

काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि तत्काल खोजी गर्दा काँडाघारीमा लुकेर बसेको अवस्थामा उनलाइ पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रबक्ता होबिन्द्र बोगटीले वताए ।
बोगटीका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । उनको अनुहारका साथै शरीरका अन्य भागमा पनि एसिड गरेको छ । घटनालगत्तै अाेम अस्पतालमा उपचारका लागि लगिएको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

0 Comments