Subscribe Us

डीआईजी पोखरेललाई दर्ज्यानी चिन्ह


काठमाडौं । नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा उनलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी प्रदान गरेका थिए ।
पोखरेललाई बिहीबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उपनियम (४) को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो ।
पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए । डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि ६ महिनादेखि पद रिक्त थियो । पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । एकल डिआइजी भएकाले उनलाई भावी महानिरीक्षकका रुपमा हेरिएको छ ।

Post a Comment

0 Comments