Subscribe Us

राजधानीमा गाेली चल्याे, एक पेशेवर लुटेरा पक्राउ


काठमाडौं । महानगरीय अपराध महाशाखाको एक टोलीले राजधानीबाट पेशेवर लुटेरालाई सेमबार बिहान पक्राउ गरेको छ। उनलाई प्रहरीमाथि नै आक्रमण गर्न लागेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको बताइएको छ ।
काठमाडौंको टोखामा  महाशाखाको टोलीसँग सिन्धुपाल्चोक घर भएका काले भन्ने बिष्णु तामाङबीच झडप हुँदा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि तामाङमाथि बिहान ५ बजे प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले वताए। खुट्टामा गोली लागेका तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
पुर्व डिआईजी बिश्वराज शाहीदेखी आधा दर्जन व्यक्तिको घरमा लुटपाट गरेको अनुसन्धानका क्रममा खुलेपछी  महाशाखाले उनलाई खोजी गर्दै आएको थियो । घटनाको थप विवरण आउन बाँकी छ। स्रोतका अनुसार    बर्ष जेल बसेर छुटेका तामाङलाई प्रहरीले खोजी गरिरहेको थियो। 

Post a Comment

0 Comments