Subscribe Us

एक सय २० किलो गाँजासहित २ जना पक्राउ


मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर
ले १२० किलोग्राम लागुऔषध गाँजासहित दुईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लागुऔषध गाँजासहित ना३ख ३७१५ नंको ट्रक, ट्रकचालक तथा धनी र सवार एकलाई सार्वजनिक गरेको हो ।
प्रहरीले ट्रक धनी तथा चालक मकवानपुरको राँक्सीराग गाउँपालिकाका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार राँक्सीराग गाउँपालिकाकै नमराज दर्जीलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ ।

प्रदेश नं ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ । कसुर सावित भएमा लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि रु एक लाखसम्म जरिवानाका साथै सवारीसाधनसमेत जफत हुने प्रावधान छ ।

Post a Comment

0 Comments