Subscribe Us

नक्कली नोटसहित पूर्वमन्त्री पुत्र अन्सारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित प्रहरीले युनुस अन्सारीसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले कतार एयरवेजबाट काठमाडैं आउँदै गर्दा उनीसँग दुई वटा व्रिफ केशमा नोट बरामद गरेको थियो ।
पक्राउ पर्नेमा नसरुद्दिन अन्सारी पनि रहेका छन् । नसरुद्दिन उनीहरुलाई रिसिभ गर्न पुगेका विमानस्थल पुगेका थिए ।
युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् । प्रहरीले ०७० सालमा अन्सारीलाई  नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो । केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो ।

Post a Comment

0 Comments