Subscribe Us

आखिर पटक–पकट किन जेल जान चहान्छन् युनुस अन्सारी ?

तस्वीर: इन्टरनेट

राजनीतिक पृष्ठभूमिका एक युवा । जसको शुद्ध राजनीति गर्दाखेरि देशको उच्च तहसम्म पुग्ने प्रशस्त सम्भावना, तर उही पटक पटक एउटै मुद्दामा जेलको ढोका ढकढक्याउँछ । जसलाई हत्कडी हातमा लगाएर प्रहरी अधिकारीहरुबीच उभ्भिँदा आफू गौरवान्वित हुन्छ, जो प्रहरी अधिकारीहरुसित गफिन व्यस्त हुन्छ, सहज रुपमा उत्तर दिन्छ । आखिर किन ? तमाम् अनुत्तरित प्रश्नहरुको बीचमा उभिएको छ ऊ । सुनिँदा अपराधी मानिने त्यो युवक देखिँदा भने कुनै फिल्मको हिरो भन्दा कम्ता देखिँदैन ।

उपयुक्त पंक्ति पढ्ने बित्तिकै धेरैले पहिचान गर्न सक्ने नाम हो युनुस अन्सारी । पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा । नेशनल टेलिभिजनका कुनै बेलाका सञ्चालक । अनि कुनै बेलाका नेपाली सिनेमाका निर्माता ।

२०६५ सालमा नक्कली नोटसहित पक्राउ परेपछि पहिलोपटक जेलमा परेका अन्सारीलाई २०६७ सालमा देशकै केन्द्रमा रहेको सुन्धारास्थित केन्द्रीय कारागारमा गोली प्रहार भएपनि त्यहीँ नै अलि सुरक्षित छु कि भन्ने परेछ जस्तो छ । त्यस लगत्तै कैद भुक्तान गरिसकेपछि पुनः ३५ लाख नक्कली नोटको कारोबार गदैगर्र्दा जेलको ढोका ढक्ढक्याए । सायद उनलाई बाहिरभन्दा भित्र नै सुरक्षित छु जस्तो भएर हो कि ?

दोस्रो पटक अदालतले सुनाएको सजाय भोगी १ वर्ष अघिमात्र जेल जीवनबाट घर जीवन सुरु गरेका अन्सारीले भारतमा मोदीले बहुमत ल्याएकै दिन पुनः जेल यात्रा सुरु गरेका छन् । प्रसंग शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलमा ७ करोड ६७ लाख ९४ हजार रुपैयाँको नक्कली भारतीय नोट काण्डमा ३ पाकिस्तानीसहित पक्राउ पर्नु । भारतमा दोस्रोपटक नरेन्द्र मोदीले प्रचण्ड बहुमत ल्याउँदै गर्दा युनुसले पाकिस्तानबाट उनै मोदीको करोडौं रकमबराबरको नक्कली नोटको कारोबार गर्नुलाई एक संयोग मात्र मान्न सकिन्छ ।
एक वर्षअघि सजाय भुक्तान गरी सामान्य जीवन बाँचिरहेका युनुशले यस अवधिमा अरु केही गर्न खोजेनन् वा गरेनन् ? कि केही गरेको भए त्यसमा असफलता मात्र हात पारे ? कि यस बीचमा पनि अपराधहरुमै संलग्न भइराखे ?कि उनले यस अवधिमा जेलभित्रभन्दा बढी टर्चरहरुको सामना गरे ?

सामान्य मानिसलाई प्रहरीले पक्राउ गरेर लैजाँदा दुःख, पीडा, हिनताबोध झल्कन्छ भनिन्छ अनुहारमा तर युनुसको अनुहार भने विल्कुल फरक देखिन्थ्यो, प्रत्येकपटक । उनलाई देख्दा लाग्थ्यो उनले जितेका छन्, अनुहारमा पूर्ण चमक, कुनै हिनताबोध नभएजस्तो अनि कुनै पाटीमा जानका लागि तयारी गर्दै गरेको जस्तो । आखिर किन ? ३।३ पटकसम्म उस्तै प्रकृतिको अपराध गर्नुले उनलाई कतै भित्र भन्दा बाहिर असुरक्षित महसुस भएर त होइन? कतै उनको ज्यान जेलबाहिर हुँदा धेरै असुरक्षित त छैन, जति जेलभित्र हुँदा सुरक्षित छ ? कि नेपालको कानुनअनुसार जति अपराध गरेता पनि सजाय सामान्य भएर हो ?

कुनै पनि मानिसले पटक पटक एउटै अपराध गर्न किन प्रेरित हुन्छ ? त्यसको कारण कि, त्यो अपराधीले अन्य किसिमको अपराधको तरिका फुराउन सक्दैन ? कि त्यो अपराधमा दिइने सजाय अन्य अपराधको सजायभन्दा सहज छ? अथवा कि उसलाई सजाय भोग्नुभन्दा सामान्य जीवन जीउन असहज छ ?

एक वर्षअघि सजाय भुक्तान गरी सामान्य जीवन बाँचिरहेका युनुशले यस अवधिमा अरु केही गर्न खोजेनन् वा गरेनन् ? कि केही गरेको भए त्यसमा असफलता मात्र हात पारे ? कि यस बीचमा पनि अपराधहरुमै संलग्न भइराखे ?कि उनले यस अवधिमा जेलभित्रभन्दा बढी 'टर्चर'हरुको सामना गरे ? जसले, फलस्वरुप पुनः जेलजीवन रोज्न बाध्य बनायो । यसको उत्तर अब नेपाल प्रहरी एवं अनुसन्धानकर्ताहरुले खोज्नुपर्ने बेला भएको छ ।

प्रहरीमा नेतृत्व अनि विभाग फेरिएसँगै काम देखाउनका लागि पेशेवर अपराधीहरुलाई पक्रेर फुली थप्ने काम बन्नुभन्दा पनि समाजले देख्दै, पढ्दै गर्दा यस्ता अपराधीहरुको 'अपराध मानसिकता'मा परिवर्तन ल्याउनुपर्ने देखिन्छ । कि त सम्बन्धित निकायले यस किसिमको अपराध गर्नेलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्नुपर्छ किनकी कुनै अपराधीले एकै किसिमको अपराध गरेर पटकपटक जेल नरोजोस् । यदि यस्तो होइन भने, र उसले आप्mनो पूर्ण आयु बाँच्नकै लागि जेलभित्रको जीवन रोज्न बाध्य हुन्छ भने बाहिरी समाजमा उसले पूर्ण सुरक्षाको अनुभूति गर्नसक्ने वातावरण दिइयोस् ।

Post a Comment

0 Comments