Subscribe Us

लुटेराले चलाए धरानमा गाेली, माइक्राेफाइनान्सका गार्ड घाइते


धरान । धरानमा पैसा लुट्नका लागि अज्ञात समूहले गोली चलाएको छ । उक्त गोली लागी सुरक्षा गार्ड घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताएका छन् ।

सुनसरीको धरानमा माइक्रोफाइनान्स कम्पनीको कार्यालयमा लुटेरा समूहले गोली चलाएका हुन् । आइतबार दिउँसो उक्त माइक्रोफाइनान्स कम्पनीको कार्यालयमा पैसा लुट्नका लागि लुटेरा समूहले गोली चलाएको जनाइएको छ ।

मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली चलाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । उनले भने, मोटरसाइकलमा आएको तीन जनाको समूहले माइक्रो फाइनान्सको सुरक्षा गार्डलाई गोली हानेको भन्ने छ, घाइतेको पेटमा गोली लागेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ

Post a Comment

0 Comments