Subscribe Us

लुट्दा लुट्दै लुटेरा पक्राउ

काठमाडौं । बालाजु माछापोखरीबाट एक लुटेरा दुई लाख नगदसहित पक्राउ परेका छन् । माछापोखरी चोकबाट  पाँचथरका नगेन्द्र माखिमको साथमा रहेको दुईलाख रुपैंया लुटेर भाग्दै गर्दा उनि पक्राउ परेका हुन । 

पक्राउ पर्नेमा गाँईघाटका बसन्त परियार हुन । नगेन्द्रको साथमा रहेको रुपैंया लुटृर भाग्दै गर्दा बालाजु प्रहरीको मोबाईल भ्यानले परियारलाई लुटेको रकमसहित पक्राउ गरेको हो ।

पक्राउ परेका परियारमाथी आबाश्यक कारवाही सुरु भएको बृत्तका डिएसपी बालनरसिंह राणाले बताए । 

Post a Comment

0 Comments