
पुरस्कृत हुनेमा
प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब
उपरीक्षक ऋषिराम कँडेल र प्रहरी निरीक्षक गोविन्द पन्थी रहेका छन् । पुरस्कृत प्रहरी
अधिकृतलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मान पत्र प्रदान गरेका
थिए ।
पुरस्कृत
हुनेमध्ये खापुङ र पन्थीले कर्मचारी प्रशासन शाखामा रहेर कर्मचारीको सरुवा, बढुवामा
महत्वपूर्ण भूमिका खेलेका थिए भने कार्कीले प्रहरी महानिरीक्षकको सचिवालयमा
बसेर महत्वपूर्ण योगदान गरेका थिए ।
यस्तै कँडेलले
सरुवा, बढुवा भएका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाउन महत्वपूर्ण भूमिका खेल्नुभएको
थियो भने मरासिनीले प्रहरी प्रधान कार्यालयको निर्णयलाई शत्प्रतिशत कार्यान्वयनका
लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
खनाल
महानिरीक्षक भएपछि प्रहरी सङ्गठनमा राम्रो काम गर्ने पाँच हजार ५०० प्रहरी
कर्मचारीलाई पुरस्कृत तथा तीन हजार ६५० कर्मचारीलाई कारवाही गरिएको प्रहरी प्रधान
कार्यालयले जनाएको छ ।
0 Comments