Subscribe Us

काठमाडौं प्रहरीको 'टार्गेट'मा म्यानपावर
'स्ट्रिङ अपरेशन'को तयारी


काठमाडौं । गत साताबाट महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरमा कार्यालय प्रमूख फेरिएका छन् । महाशाखामा एसएसपी सहकुल थापा र परिसरमा एसएसपी उत्तम राज सुबेदीले कमाण्ड सम्हालेका छन् । थापा र सुबेदीले कमाण्ड सम्हालेसँगै आईतबार संयुक्त पत्रकार सम्मेलन गरी अब महाशाखा र परिसरले काठमाडौंको सुरक्षा अबस्था चुस्त राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

आर्थिक अपराध देखि संगठित रुपमा हुने अपराधको रोकथाम गर्दै यस्ता अपराधलाई जरैदेखि निर्मूल पार्न महाशाखा र परिसरले संयुक्त रुपमा अप्रेशन थाल्ने पनि दुबै प्रहरी प्रमूखले बताए ।

यस अघि तत्कालिन एसएसपी धीरजप्रतापसिंह र आईतबारमात्र फूली लगाएका डिआईजी बिश्वराज पोखरेलको देखासिकीका कारण अपहरणमा परी हत्या गरिएका ११ बर्षीय बालक निशान खड्कालाई बचाउन नसकेको आरोप प्रहरीमाथि लागेको थियो । बच्चा बचाउन तत्कालिन एसएसपी बिश्वपोखरले अपहरणकारीलाई पठाएको सन्देशनै हत्याको मुख्य कारण भएको प्रहरीको बुझाई थियो । सोही म्यासेज सञ्चार माध्यमबाट लिक भएपछि महाशाखा प्रमूख र परिसर प्रमूखबीच तिक्तदा बढेको थियो । सोही कारण तत्कालिन अबस्थामा पोखरेलको सरुवा भएको थियो ।

अब त्यस्तो अबस्था सिर्जना नहोस भनेर महाशाखा प्रमुख र परिसर प्रमुखले हरेक अप्रेशन संयुक्त रुपमा सञ्चालन गर्ने घोषण गरेको स्रोत बाताउँछ । दुई कार्यालयको कामको प्रकृति फरक रहेको जानकारी गराउँदै एसएसपी सुबेदीले भने,‘अनुसन्धानमा सहकार्य हुन नसक्दा घटनाले जटिल मोड समेत लिन पुग्छ ।प्रहरीभित्र नै तालमेल नमिल्दा आम मानिसको प्रहरीप्रतिको विश्वासमा असर पर्ने भएकाले प्रहरीबीचमा एकता आवश्यक भएको एसएसपी सुवेदीको भनाई छ ।

पुलिस कमजोर भयो भने सबै कुरा कमजोर हुन्छ । बिग्रिएको सम्बन्ध सुधार्दै उपत्यकाको शान्ति सुरक्षा चुस्त दुरुस्त राख्न कुनै कसर बाँकी नछाड्ने एसएसपी थापाले बताए ।

पछिल्लो समय बैदेशिक रोजगारको नाममा हुने ठगी धन्दालाई नियन्त्रण गर्ने प्रहरीले अप्रेशन सुरु गर्ने भएको छ । फ्री भिसा फ्री टिकट लागु भएयता रोजगारदाता कम्पनीहरूले आफूखुसी पैसा असुल्न नछाडेपछि काठमाडौं परिसर र महाशाखाले संयुक्त टोली खडा गरेर यस्ता कम्पनीलाई कानुनको दायरमा ल्याउन अप्रेशन सुरु गर्न लागेको हो । यसको लागि प्रहरीले स्ट्रिङ अप्रेशनसमेत चलाउने गृहकार्य सरु गरेको छ । 

प्रहरीले एक काम भनेर अर्को काममा लगाउने, तलब बढी भन्दै बिज्ञापन गर्ने बिरोजगारलाई लोभ्याउने र श्रमशोषण गर्ने म्यानपावर कम्पनीलाई कानुनको दायरमा ल्याउन लागेको हो । तत्कालिन एसएसपी तथा बर्तमान आईजीपी सर्वेन्द्र खनालले अपराध महाशाखाको कमाण्ड सम्हाल्दै गर्दा यस्ता एक दर्जन बढी म्यानपावरलाई कानुनी दायरमा ल्याएका थिए । उनको सरुवा सँगै अपराध महाशाखा र काठमाडौं परिसरले यस्तो अपराधमा खासै चासो दिएका छैनन् ।

स्रोतका अनुसार केही प्रहरी कै मिलोमतोमा अधिकांश म्यानपावर व्यवसायिले बिरोजगारलाई लुट्दै आएका छन् । फि भिसा र फि टिकटको बिज्ञापन गर्दै लाखौं रुपैंया असुल्ने धन्दामा म्यानपावर व्यवसायीहरू छन् । यस्तै नदेखिएका तर सर्बसाधारणलाई अनेक प्रलोभनमा ठगीरहेका नेटवर्कीङ व्यवसायी, जुवालगायतका आर्थीक अपराधको निर्मुल पार्न प्रहरीलागेको एसएसपी सुबेदीले बताए ।

Post a Comment

0 Comments