Subscribe Us

टिका थापेर सत्ताधारी युवाका नेता !
तत्कालिन एमालेले बनाएको शक्तिशाली युवा संरचना नेतृत्वमा रामप्रसादको रजाँई कसरी सम्भव भयो ?


काठमाडौं । ३ चैत २०७५ मा पत्नी सीता दाहालको उपचारका लागि छोरी गंगासमेतलाई लिएर अमेरिका प्रस्थान गर्न लागेका प्रचण्डलाई राजाझैं विदाई गर्न तत्कालिन योङ कम्युनिस्ट लिगका कार्यकर्ता लिएर विमानस्थल पुगेका थिए, रामप्रसाद सापकोटा । त्यसबेला वैदेशिक रोजगारीमा जान लागेका कतिपय नेपालीलाई अन्तर्राष्ट्रिय उडान प्रवेशका लागि अवरोध नै गरेर कार्यकर्ताको टुकडीको लस्कर लगाएको उपजमा सापकोटाको अपेक्षा थियो, एकीकृत युवा संघको अध्यक्ष ।

त्यसअघि प्रचण्डनिवास खुमलटारमा विभिन्न डेलिगेशनसहित अध्यक्षमा आफू नै हुनुपर्ने अडान राखिदिन आग्रही बिन्तिपत्र पनि चढाएका थिए । प्रचण्डबाहेक उनका परिवारका सदस्यसँग पनि उनले उठबस बलियो भयो । यसको परिणाममा उनले टिका थापेर एकीकृत युवा संघको संयोजकको जिम्मेवारी हात पारेका छन् ।  सापकोटा के मा विश्वस्त थिए भने जसरी उनी वाइसीएलको नेतृत्वमा टिका लगाएर आउन भ्याए, स्पर्धा र योग्यतामा हुने विश्वास कम थियो । वाइसीएलमै रहेर उनीसँग काम गरेका एक युवा भन्छन्,‘अगाडि चर्को कुरा गर्ने र शक्ति केन्द्रमा धाउने उनको पुरानै बानी हो । यसरी नै अहिलेसम्म नेतृत्वमा पुगेका छन् । तर नेतृत्व कमाण्ड गर्नचाहिँ सफल देखिँदैनन् ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सापकोटालाई संयोजकको जिम्मेवारी दिन तयार थिएनन् । बेलामौका सरकार र राष्ट्रपतिको समेत मानमर्दन हुनेगरी सामाजिक सञ्जालमा लेख्ने र मिडियामा बोल्ने चार्जओलीले लगाएका थिए । तर प्रचण्डले अडान् नछाडेपछि पार्टी नेतृत्वले तयार पारेको अर्को पत्रमा अब आइन्दा सरकारविरोधी अभिव्यक्ति नदिने विषयमा ल्याप्चे लाएर उनी युवा संघको संयोजकमा चुनिए । यो सर्वसम्मतीको निर्णय थिएन, नेताले टिका लाएर दिएको पद हो । यस विषयमा भोली फेरि पनि बहस चल्न सक्छ’, युवा संघका एक केन्द्रीय सदस्य भन्छन्,‘हामी मुठभेडमा उत्रिएको वाइसीएलको नेतृत्वमा कसरी युवा परिचालन हुन्छ भन्ने ध्रुवीकृत बहसमा पनि छौं ।

पार्टी एकीकरणमा नेताले लिएको निर्णयलाई तत्काल स्वीकार गरे पनि महाधिवेशनमा सापकोटा नमज्जाले पराजित हुने विश्वासमा युवा संघका सदस्यहरू रहेका छन् । हामीले यो बाध्यात्मक परिस्थितिलाई मानेका हौं, महाधिवेशनमा कसको पल्ला कति भारी भन्ने चिज देखिन्छ’, स्रोतले भन्यो ।
पछिल्लो पटक प्रचण्डका अनेक प्रकरणबारे आउने विषयविरुद्ध प्रतिरोधमा उत्रिने सापकोटाले अमेरिका भ्रमणका बेला आएको उजुरी सम्बन्धी प्रकरणमा मिडियामिडियामा फोन गरेर झूठो समाचार सम्प्रेषण नगर्न भनी हटाउन दबाब पनि दिएका थिए । उनले केही मिडियामा फेरि वाइसीएल अध्यक्षले धम्की दियो नभन्नुहोलापनि भनेका थिए । प्रचण्ड गुटनिकट एक मिडियामा समाचार हटाउन उनले दबाब दिएपछि निमेषभरमा समाचार गायब बनाइएको थियो । यो सापकोटाले प्रचण्ड र उनका परिवार खुसी बनाउने काम थियो, अपेक्षाको पदमा पुग्न ।

प्रचण्डलाई खुसी बनाउनका लागि सापकोटा सक्रिय भएको लामो समय पनि भएको छैन । वाइसीएलको महासचिव बन्दासम्म उनको सम्बन्ध खुमलटारसँग गज्जबको थिएन । स्रोतले भन्यो,‘पछिल्लो एक बर्षमा कामले होइन, चाप्लुसीका कारण खुमलटारमा प्रवेश पाएका थिए । अहिले प्रचण्डको असली सिपाही हुँ भन्छन् ।

उनले यतिमात्र गरेका थिएनन् । तत्कालिन एमाले र माओवादीबीचको भागवन्डामा युवा र विद्यार्थीमा खिचातानी पर्ने, युवा एमाले र विद्यार्थी माओवादीको भागमा पर्ने भएपछि अर्को रणनीतिक चालमा अभ्यस्त भए । अखिल क्रान्तिकारीमा रहेका केही विद्यार्थीलाई ऐन महरको सहयोग र रञ्जित तामाङविरुद्धमा संगठित हुन पनि गोप्य छलफल गरे । स्वार्थ थियो, महरले विद्यार्थी पाए युवाको नेतृत्वमा आफ्नो वाकओभर । स्रोतले भन्यो,‘तामाङलाई झापाली भएको र ओलीको मान्छे भनेर खुमलटारमा कान फुकी भागवन्डामा युवा संघमा दबाब राख्न प्रचण्डसँग अनुनय विनय गरिएको थियो, यो रणनीति तयार पारिएको थियो ।

सापकोटाले बालुवाटारमा कागज गरी अध्यक्ष पद पाएको भन्ने विषयको सार्वजनिक खण्डन गर्दै आएका छन् । उनले चरित्र हत्या गर्ने हिसाबले यसरी मिडियाका आउन थालेको पनि बताउदै आएका छन् । तर सत्यचाहिँ उनलाई बहुमत युवाले अध्यक्ष स्वीकार गर्न मानेका छैनन् ।

नेपालको युवा आन्दोलन र संगठनात्मक संरचनालाई व्यवस्थित बनाउन तत्कालिन एमालेले निक्कै उर्जाशील नेता उत्पादन गरेको थियो । हालका प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा स्थापित भएको तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, ओलीकै घोषणामा तत्कालिन वाइसीएलसँग प्रतिरोध गर्न गठन भएको युथ फोर्स र त्यसको परिमार्जित वैचारिक युवा संगठन युवा संघमा सापकोटा वाइसीएलको छायाँ लिएर छिरेका हुन् । एकीकरण भन्नासाथ वैचारिक र व्यवस्थित गर्ने स्कुलिङको अपमान सहन सकिँदैन’, युवा संघका एक केन्द्रीय सदस्यले भने,‘हिजो मुठभेड गरेको कमजोर संगठनका र विघटित संगठनका व्यक्तिलाई कसरी नेता मान्नु ?’

त्यसो त सापकोटालाई दिएको जिम्मेवारीमा खुसी नभएको संकेत तत्कालिन युवा संघका अध्यक्ष रमेश पौडेलले पनि गरेका थिए । उनले बाध्यात्मक अवस्थामा सहसंयोजकको जिम्मेवारी लिनुपरेको संकेतसहितको सन्देश सार्वजनिक गरेका थिए ।

राजनीतिमा थकाई भन्ने चिज हुँदैनभन्दै पौडेलले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको झिसमिसेमै विचार पोख्नु  त्यसैको पूर्वसन्ध्यामा गरिएको युवा संघको नेतृत्वको निर्णयप्रतिको भावना प्रतिबिम्ब थियो ।

Post a Comment

0 Comments